jQuery(document).ready(function($){ //
});

संखुवासभा मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको अनुसन्धानमा संलग्न पाँच जना प्रहरी पुरस्कृत भएका छन ।

पुरस्कृत हुनेमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी, प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ छन्। अपराध अनुसन्धानमा प्रशंसनीय तथा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार उनीहरूलाई पुरस्कृत गरेको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनीहरूलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। ती प्रहरीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम प्रहरी महानिरीक्षक थापाले पुरस्कृत गरेको कुँवरले बताए । संखुवासभा हत्याकाण्डका आरोपित लोकबहादुर कार्कीलाई घटना घटेको एक सातामा प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय