jQuery(document).ready(function($){ //
});

मेची नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ स्थित भट्टराई चोक डेरा गरी बस्ने पाण्डव राजवंशीको ३५ वर्षीया श्रीमती कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार बिहान १ बजे मेचीनगर- ६ स्थित मेची डाँडा नजिकबाट भारत जान खोजेका कमललाई नदीले बगाएको थियो । उनीसँग अरू दुई महिला पनि गएका थिए । उनीहरूलाई नदीले बगाएन । घटना पश्चात् इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

डुबेको स्थानदेखि १५ किलोमिटर दक्षिण भारतीय भूभाग अनन्तराम जोत भन्ने स्थानमा बिहान ८ बजेर ४० मिनेटमा उनको शव फेला  परेको थियो ।

राजवंशी दम्पतीको साबिक घर पाठामारी गाविस हाल कचनकवल  गाउँपालिका हो । ती महिला वारिपारि कारोबार गरी परिवार पाल्दै आएका थिए ।

यता उनको शवलाई भारतीय प्रहरीसँग समन्वय गरी ल्याउने तयारी  भइरहेको प्रहरीले जनाएको छ । महिलालाई नदीमा खोज्ने क्रममा एक प्रहरी कर्मचारी समेत घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय