jQuery(document).ready(function($){ //
});

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाको १२ औँ जिल्ला अधिवेशनबाट टहलदास ओली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

श्री देवचन्द्र सदनमा भएको अधिवेशनबाट अध्यक्ष ओली सहित सम्पूर्ण पादाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको २१ सदस्यिय निर्वाचित कार्यसमितिको उपाध्यक्षमा  सुरज सापकोटा र समर्पण खतिवडा, सचिव मोहन अधिकारी, सह–सचिव उमेश मिश्र, कोषाध्यक्ष, कुमार काकी, सह–कोषाध्यक्ष, सुसान खतिवडा, सदस्यहरुमा , कमला पौडेल, सुभल शिवाकोटी, विकास खड्का, मनोज सुवेदी, सुरेश मैनाली, युवराज कट्टेल, डिल्ली पाण्डे, दाताराम तिम्सिना, दिनेश उप्रेती, भुवन कटुवाल, शौरभ रिजाल, पुण्यप्रसाद दाहाल, सरोज गुरागांई, राकेशसिंह ठकुरी रहेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनीहरुलाई निर्वाचन अधिकृत सारदा थपलिया तथा सन्तमहाराज जगतानन्दले टिका लगाउनुका साथै प्रमाण्पत्र वितरण गरेका थिए ।

झापाका ३४ वटा शाखा समितिका ३ सय भन्दा बढी प्रतिनिधि, पर्यवेक्षक सुन्दरसाथहरुको उपस्थितीरहेको अधिवेशनको उद्घाटन गर्दै झापा जिल्ला सत्संग परिषद्का अध्यक्ष मिलन कुमार बस्नेतले कृष्ण प्रणामी युवा परिषदले सामाजिक क्षेत्रमा गरेका कामहरुको प्रसंसा गर्दै युवाहरुमा सकारात्मक सोचको विकास र दुव्र्यसन मुक्त समाजको निमार्णमा जोड दिएका थिए ।

कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय अध्यक्ष नमराज ढकाल, झापा जिल्ला सत्संग परिषद्का अध्यक्ष मिलन कुमार बस्नेत, युवा परिषद प्रदेश १ का अध्यक्ष अनिल ढुङ्गाना, मातृका प्याकुरेल, दिनोज बजगांई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

युवा परिषदका सचिव सुरज सापकोटाले संचालन गरेको कार्यक्रममा धरान मन्दिरका सन्तमहाराज जगतानन्द, लगायतको उपस्थिती रहेको थियो ।
अध्यक्ष सुबास रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक दिपक दाहालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय