पुरुष तर्फ देश कै कान्छो वडा सभापती बने मोरङ मिक्लाजुङ का २४ बर्ष का अर्पण श्रेष्ठ । नेपाली काङ्रेस को हाल देश भर वडा अधिवेशन चलिरहेको छ , काङ्रेस मा १४ औ महाधिवेशन बाट युवाहरुको बहुसंख्यक उपस्थिति देखिइरहेको छ ।
क्षेत्रीय प्रतिनिधि तथा वडा को कार्य समिति मा युवाहरु को नै दबदबा कायम रहेको देखिन्छ । यस्तै हाल सम्म निर्बाचन भएका ६४ भन्दा बढि जिल्ला हरु का वडा हरु मध्य का निर्वाचित वडा सभापती मा पुरुष तर्फ बाट सबै भन्दा सानो उमेर मा मिक्लाजुङ का अर्पण श्रेष्ठ निर्वाचित भएका छ्न । मिक्लाजुङ २ को वडा सभापति चयन भएका उनि २४ बर्ष का छ्न उनले १९ बर्ष को उमेर मै गत १३ औ अधिवेशन अगाडि नै कृयाशिल सदस्यता प्राप्त गरिसकेका थिए । आफुलाई वडा सभापती मा चयन गरेर महत्वपुर्ण जिम्मेवारी दिने कृयशिल सदस्य हरु लाई धन्यबाद ब्यक्त गर्दै उनले भने आगामि दिन मा वडा मा पार्टि लाई ससक्त भुमिका मा उतार्दै अब आउने तिनै तहको निर्वाचन मा पार्टि लाई जिताउन लागि पर्ने बताए ।






