jQuery(document).ready(function($){ //
});

खोटाङ साकेला गाउँपालिका २ बस्ने रन्जीत राई समेतले विक्री गर्न इटहरी पुर्याएको अलैची खरिद गर्छु भन्दै लुटपाट गर्ने सुन्दर हरैचा नगरपालिका ४ वलिया बस्ने तेह्रथुम आठराई गाउँपालिका ५ घर भएका ४३ वर्षीय सुरेश कुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७७ पुस ५ गते भट्टराईले अलैची खरिद गर्ने भन्दै गोदाममा राख्न लगाएर रातीनै अलैची सहित फरार भएर लुटपाट गरेको उनको आरोप छ । सुरेशले अलैची किसान राईसँग फोन सम्पर्क गरी ईटहरी उपमहानगरपालिका ५ जन्ताबस्तीस्थित शेषराज गुरुङको घरमा गोदाम भाडामा लिई राखेकोमा सोही रात नै गोदामबाट अलैची उठाएर लगि सकेको र बुझी लिने ब्यक्तिहरुको मोबाइल नम्बर समेत बन्द भएको भन्ने पीडितहरुको निवेदनको आधारमा अनुसन्धान समूह बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले मुख्य योजनाकार सुरेशलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमसँगको समन्वयमा तेह्रथुमको म्यागलुङमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनलाई जिल्ला अदालत सुनसरीमा पेश गरी यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय