jQuery(document).ready(function($){ //
});

अमेरिकाले तालिवान विरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । 

यद्यपि अफगानिस्तानमा आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । अमेरिकाले दुई वटा इजाजत पत्र प्रदान गर्दै विभिन्न निकायहरूलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

तालिवानीमाथि प्रतिबन्ध लगाएसँगै अफगानिस्तानमा जारी मानवीय सङ्कट झन् बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ । सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रित रहने बताइएको छ ।

लामो समयको युद्धसँगै अफगानिस्तानमा ठुलो मात्रामा मानवीय सहायताको खाँचो रहेको राष्ट्र सङ्घले यसअघि नै बताएको थियो । 

२० वर्ष लामो युद्धपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिवानीले गत महिना देश नियन्त्रणमा लिएको थियो । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय