jQuery(document).ready(function($){ //
});


सगरमाथा क्षेत्रमा हिमनदी गोक्यो रिनजिकै फेसन शो कार्यक्रम गरिएको छ। यो फेसन शोले यसअघिको आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको हो।

यही सेप्टेम्बर २३ मा आयोजना भएको शोमा ४७ जनाको उपस्थिति थियो। डिजाइनर रमिला नेमकुल र कासाले विश्वका लागि उच्च स्थानको ¥याम्प फेसन लाइन शोकेस गरेका थिए। कासाले बुद्धिस्ट फेसन लाइन सोही प्लेटफर्ममा लन्च गरेका थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

बुद्धिस्ट फेसन लाइन लन्च भएको यो विश्वमै पहिलोपटक भएको बताइएको छ। फेसन शो समुद्री सतहबाट ५५ सय मिटर उचाइमा सम्पन्न भएको थियो। 

डिजाइनर रमिला नेमकुलले २ वर्ष लगाएर फेब्रिकबारे अनुसन्धान गरेकी थिइन्। २१ देशको संगठन इन्टरनेशनल सेरिकल्चर अर्गनाइजेसनसँग उनले सहकार्य गरेकी थिइन्। 

सस्टेनेबल शोका लागि रिकेश महर्जनले विशेष डिजाइन पस्किएका थिए। 

शोमा १० देशबाट सुपरमोडलहरुले र्‍याम्प वाक गरेका थिए। तीन दिनअघि भए पनि टोली काठमाडौं आएपछि पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय