२०७८ असोज १३ गते
रोटर्याक्ट क्लब अफ दमकको आयोजना र आशा प्रोजेक्टको सहकार्यमा “मेरो महिनावारी” कार्यक्रमको दोस्रो चरण दमक-०३ को ताराबारी डिपु चोकमा रोट्रयाक्ट कि अध्यक्ष रोट्रयाक्टर सपना कन्दङ्गवाको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा आमा तथा किशोरीहरु लाई पुन:प्रयोग गर्न सकिने प्याड बनाउने तालिम दिई उक्त प्याड बितरण गरिएको छ। पहिलो चरण मा सोही स्थान मा महिनावारी र त्यसका विषयका जानकारी दिईएको थियो भने अाज सम्पन्न दोस्रो चरणको कार्यक्रममा तिनै सहभागीलाइ पुनःसहभागी गराइ, रोट्रयाक्ट दमकका सदस्यहरुलाई सहित गरि ३० जना किशोरी तथा आमाहरुलाई पुनः प्रयोग गर्न सकिने प्याड बनाउन तालिम प्रदान गरियो, जसमा धरान कि पुष्पा कट्वालले सहभागीहरुलाई तालिम प्रदान गर्नुभएको एवं सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो ।
अबका दिनहरुमा बजारमा पाईने अन्य प्याडहरु भन्दा यस्तै प्याडहरु नै प्रयोग गर्ने किशोरिहरुको भनाई थियो भने आमाहरु “बुढेसकाल मा भएपनी सिक्न पाईयो” भन्दै खुसी ब्यक्त गर्नुभएको छ।
हामिले पहिलो चरणको कार्यक्रम गर्दा नै यो दोस्रो चरण गर्ने बाँचा गरेका थियौ र यहाँका सम्पुर्ण आमा तथा दिदिबहिनीहरुलाई पुन: प्रयोग हुने प्याड बनाउन योग्य बनाउने हाम्रो उदेश्य पूरा भएको कार्यक्रम संयोजक रोट्रयाक्टर सबिता लिम्बूले जानकारी दिदै थप्नुभयो ।






