मधुमल्ला
नेपाली कांग्रेस मिक्लाजुङको १४ औं गाउँ अधिबेशनबाट नेपाली कांग्रेस मिक्लाजुङको सभापतीमा बविकुमार राई अत्याधीक मतले बिजयी भएका छन ।
शनिबार सभापती पदका लागि भएको निर्वाचनमा कुल खसेको एक सय ६१ मत मध्ये बवी कुमार राईले सर्वाधिक १३७ मत प्राप्त गर्दै बिजयी भए । उनका प्रतिस्पर्धी अरुण बिक्रम बस्नेतले २१ मत प्राप्त गरे भने ३ मत बदर भएको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापती बहेक सबै मत सर्ब सम्मत भएको थियो ।
उपसभापती, सचिब, सह–सचिवमा क्रमश खगेन्द्र मादेन, भवानी राई, दिपक श्रेष्ठ, गुरु चापागाई, देउमान तामाङ र बिमल कुँवर र अन्य सदस्य पदहरुमा सर्ब सहमत नेतृत्व चयन भएको छ ।
सभापतीमा निर्वाचित भए संगै आफ्नो संक्षिप्त मन्तव्य राख्दै नव निर्वाचीत सभापती बबी राईले बृद्ध, अग्रजलाई लाई सम्मान, युवाहरुलाई प्रोत्साहान, अहिले नगरे कहिले र हामीले नगरे कस्ले भन्ने मुल नारा लिएर आफ्नो टिम अगाडी बढेको बताए ।
मिक्लजुङ क्षेत्रमा शैक्षिक र स्वास्थ्य क्षेत्रमा सुधार, युवाहरुलाई रोजगालाई पहिलो प्राथमिकता राखेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे साथै आफ्नो कार्यकाल भित्रमा नै नेपाली कांग्रेस मिक्लाजुङको आफ्नै पार्टी कार्यालय निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै निर्वाचनमा सभापती पदका प्रतिस्पर्धी बनेका अरुण बिक्रम बस्नेतले सभापतीमा निर्वाचीत बविकुमार राईलाई बधाई ज्ञापन गर्दै आफुहरु बिच एउटा प्रजातन्त्रिक अभ्यासमा समेल भएकाले आगमी दिनमा पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढाउन लागी पर्ने बताए ।






