jQuery(document).ready(function($){ //
});

सुन तस्करी प्रकरण मोरङ करिब सुन ३८ क्वीन्टल तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दामा प्रतिवादीको पक्षमा बहस भएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको प्रतिरक्षामा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र सुरेशलाल श्रेष्ठ लगायएत कानुन व्यवासायीले बहस गरेका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अभियुक्तको बचाउका अधिवक्ताहरु भरतबहादुर थापा, उद्धवचन्द्र घिमिरे, पुरुषोत्तम नेपाल, रमिता महर्जन , हरिनारायण चौधरी, , लक्ष्मण शर्मा न्यौपाने, विनोद तिमल्सिना, खगेन्द्र ढकाल, विकाश थापा, अपुर्व भाण्डारी र केदारप्रसाद दाहाल ले बहस गरेको मोरङ अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताउनु भयो ।

उहाँले भन्नू भयो १८ प्रतिवादीका पक्षमा १३ जना कानुन व्यवासायीले बहस गर्नु भएको थियो । प्रतिवादीहरु नेपाल प्रहरीका एसपी विकाराज खनाल, सुन व्यापारी आके भनिने राजेन्द्रकुमार शाक्य, चेतन भनिने चेतनाथ भण्डारी, गोपाल कुमार श्रेष्ठ ,बालकृष्ण श्रेष्ठ, , दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ,ब्ल पुन्यप्रसाद लामा, हरिशरण खड्का, सम्वीरप्रसाद तोलांगेको पक्षमा बहस भएको छ । त्यस्तै अम्बरबहादुर थापामगर, विनोद अधिकारी, प्रभातकुमार अग्रवाल, इम्तियाज मुस्लिम,राज कुमार दारुका ,विमल पोद्धार, बेनु श्रेष्ठ र प्रमोदकुमार श्रेष्ठको प्रतिरक्षामा पनि बहस भएको श्रेस्तेदार राणाले बतउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय