jQuery(document).ready(function($){ //
});
-तेजन खड्का

उनलाई यि हातहरूले बिदा दिएको पनि बर्सौं भएछ, लाग्छ आज उनले बिर्सि सकिन,आकाशमा तारा हरुको बिचमा उनि रम्दै होलिन अनि म यो धर्तिमा उनको सम्झनामा, हरेक कुराहरुको समय हुन्छ र आऊँछ भन्छन, तर मेरो समय कहिल्यै आउला र उनि संग भेट होला ६ बर्षाको मेरो मायालाई बिर्सिएर संसार छोडेकि उनिले के मलाई अझै माया गर्लिन र? यहि प्रश्न मेरो मनमा आइरहन्छ, आफैं भित्र उनिलाइ खोज्दै एक्लिएको पनि बर्सौँ भएजस्तो लाग्छ, उनले भन्ने गर्थिन कहिलेकाहीँ म हजुरबाट अलिक टाढा भएँ भने केही समय भेट नहुने भयो सम्पर्क नहुने भयो भने के गर्नु हुन्छ ?भनेर, अनि मैले भन्ने गर्थेँ तिम्ले चुम्ने यी ओठमा चुरोटले ठाउँ पाउछ अनि तिमी साथमा भएको आभास ती धुवाँको आकृतिमा पाउने छु तिम्रो अनुपस्थितले धड्किने मुटु भन्दा बरु यो चुरोटको धुवाँले सासलाइ रोकोस भन्दिन्थेँ, उ रिसले रातो हुँदै मलाइ गाली गर्दै उनका नरम हातले मुड्की पार्दै छातिमा बिस्तारै हान्दै बांदर चुरोट खाने बहाना हेर न मार्दिन्छु ऐले यस्तो कुरा नगर्नु है म मेरो बांदरलाइ छाडेर कहिल्यै कहिँ जादिन भन्थिन, तर आज उनको आकृति बनाउने बहानमा तान्ने गरेको यो चुरोट ख़ै किन आजकल निकै प्यारो भएको छ। स्कुलमा बसेको बेन्च अनि हामि हिँडेका बाटाहरूमा भएका गफ झगडा सबै याद आऊने त्यो ठाऊ छोडेको नि बर्सौँ भयो। साथीहरूले घुम्न जाऊँ भन्दा उनि संग नघूमेको ठाउँ घुम्न रुचि लाग्ने भएको छ। लाग्छ उ मेरो साथ भएकि भए कत्ति ख़ुशी हुन्थि होलि यि नंया ठाउमा घुम्न पाउँदा उनलाइ मनपर्ने खानेकुराहरु ल्याइदिँदा अंगालोमा बेरिएर माया लव यु भन्दा, कत्ती खुसी हुन्थी मेरि तारा यी कुराहरु सम्झिएर कतै घुम्न जाउं जस्तो लाग्दैन साथिहरुलाइ बहाना बनाएर जादिन भन्दै एकान्तमा उनिलाइ सम्झेर बस्ने गरेको छु।

मैले मनैदेखी चोखो अनि धेरै माया गरेकी उन्ले यसरी बिदा मागिन कि सिसाको टुक्रा जस्तै खुशीहरु लिएर तँ बस म जान्छु भनेर मेरो केही सुन्दै नसुनी बिलाइन,
पहिले बांदर भनेर भन्ने ऊनी आफैले मेरो नाम भाग्यमानि राखिदिएकी थिइ ख़ै कसरी भाग्यमानि ठानौँ आफुलाइ जिन्दगिले अल्टर बनाएको छ त्यो आकासमा चिल झैँ उडेर उनलाई भेटौँ झै लाग्छ, यदि उनले पनि मैले जस्तै माया गरेकी भए किन एक्लै गइ भन्दै फेरि आफैलाइ प्रश्न गर्दै बस्छु!

RAWA Hills Town Property

RAWA Hills Town Property

उनी भन्दा पनि कति कठोर रहेछन्,उनका यादहरु। चोट दिनेलाई सम्झेर जीवन बिताऊँ या आफ़्नु लुटीएको खुशी लिएर,अधुरो जिन्दगीको सुरु गरौँ? तिमी साथमा हुँदा धेरै नै खुसि अनि आफुलाइ सम्पन्न ठान्ने म आज सबैकुरा रित्तिएर खाली भएको छु केही गर्ने आंट हिम्मत साहस हौसला सबै हराए, तिमी भए जे पनि गर्न सक्छु भन्थेँ नि म साच्चिकै अहिले केहि गर्न सक्दिन जस्तो भएको छु तारा एक्चोटी फर्केर आइदेउन।

उनी साच्चिकै नाम जस्तै रहिछिन तारा बनेर माथी चम्किरहेकी छिन दिनमा त भेटाउन सक्दिन रातमा आएर हेरिबस्छु अनि सोच्छु उनले पनी मलाई हेरिरहेकि छिन मेरो मनको कुरा सुनिरहेकी छिन यस्तो लाग्छ हामी एक अर्कामा गफ गरिरहेका छौ अनि अध्यारोबाट म उनिलाइ हेर्दा मुहारमा अलिकती उज्ज्यालो आएको महसुस गर्छु। अनि जब पुर्णिामा नजिकिंदै जान्छ तब अरुको लागि उज्यालो बढ्दै जान्छ मेरो लागि अन्धकार त्यसैले आफुलाइ अल्टर भन्छु किन कि मेरो तारालाइ मैले राम्रोसँग देखिरहेको हुँदिन मलाई त्यो चन्द्रमा साच्चिकै मनपर्दैन त्यसैले दाग मात्र देख्छु।

उसकै कारणले मेरा यि नयन भिज्ने गर्छन जिन्दगी पनि कति अनिश्चित रहेछ है सोचेको सबै पुरा नभएपनी केही त भैदिए हुन्थ्यो नि मेरो खुसि अलिकती पनि देख्न सके पापी दैब, उनले दिएको भाग्यमानी नाम मात्र रह्यो खोइ कहाँ कसरी सम्झिँनु मैले भाग्यमानी, कि खुसी हुन सिक्दै गर्दा छाडेर गएकी उस्कै यादको सजाए भोग्नुलाइ भाग्यमानी ठानम मैले आफुलाइ? धेरै प्रश्नहरू आउछन तर यस्को जवाफ कहाँ खोजुम म यहाँ कसैले दिन नसकेको जवाफ म त्यही आएर तिमी संगै लिनेछु तारा तिमिले दिनुपर्छ।

चाहना त उनको पनि थियो नि। आफ्नो ब्रह्माण्ड मा मलाई समाहित गर्ने, तर बिबशता को पर्खाल ले उनिलाइ छेकेको थियो। सायद मैले टोड्न सक्थेँ होला उनको त्यो पर्खाल तर मैले कोसिस पो गरिन कि? `मर्नु भन्दा बहुलाउनु बेस, सोचेर उनलाइ सम्झिदै यादमा तड्पिएर बाच्नु मेरो भुल पो भयो कि?
उनि संग सगै ज्यूने मर्ने बाँचा कसम मैले पुरा गर्न सकिन कि? मैले पो उनलाइ धोका दिएकि? आफैलाई प्रश्न गर्ने क्षमता पो म संग नभाएको हो कि?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय