युगद्रष्टा गुरुदेव डा• निर्मलमणि अधिकारीज्यूको सङ्कल्प बमोजिम नेपाली महिलाहरूलाई अनुसन्धान, उद्यमशीलता, रोजगारी र व्यक्तित्व विकासको माध्यमबाट राष्ट्रको मूलधारमा अग्रणी बनाउने उद्देश्यले स्थापना गरिएको युगनिर्माण महिला समाज नेपाल ( जरोकिलो महाअभियानको विशिष्टीकृत संस्था ) १ नं प्रदेश समितिको आयोजनामा झापा जिल्ला, भद्रपुर नगरपालिका वडा नं ९ स्थित श्री केदारेश्वर शिवपाञ्चायन मन्दिर लक्ष्मी चौकमा मिति २०७८ साल असोज १९ गतेबाट सञ्चालनमा रहेको तीन दिने सहृदयता अर्गानिक कपुरधूप सीप तालिमको २०७८ साल असोज २१ गते एक कार्यक्रम विच जरोकिलो महाअभियान प्रदेश १ अध्यक्ष आदरणीय इन्द्र प्रसाद ओलीले समापन गर्नु भएको छ ।

झापा जिल्लाका लव्धप्रतिष्ठित व्यक्तित्व एवम् मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आदरणीय राजेन्द्र रिजालज्यूको अध्यक्षतामा सञ्चालित सीप तालिममा युगनिर्माण महिला समाज नेपाल प्रदेश १ सचिव एवम् प्रमुख प्रशिक्षक खेमकुमारी ओलीले सीप तालिमको प्रशिक्षण गर्नु भएको थियो ।
उक्त समापन कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रैष्ठको विशेष उपस्थिति रहेको थियो ।
स्मरण रहोस् : वैदिक सनातन हिन्दु, बौद्ध, जैन, बोन, किरात लगायतका मौलिक धर्म संस्कार, संस्कृतिमा सिन्केधूप अर्थात अगरबत्तीको प्रयोगलाई वर्जित मानिन्छ ।






