आर्थिक अभाबको कारणले ४ बर्षिया बालिका आनन्दी गुरुंगको देब्रे आँखा पुरै नदेख्ने भएकी थियिन । यति सानै उमेर मा यो सुन्दर संसार उनि बाट टाडा हुदै गरेको थियो ।
यो अवस्थामा लायन्स क्लब अफ लखनपुर र पहिलो पहिला नेपाल दमकले गरेको आर्थिक सहयोगले आज बालिकाले आफ्नो आखाको ज्योति पुन फिर्ता पाएकी छिन ।
गवर्नर एड लायन अजय अग्रवाल, लायन्स क्लब अफ दमक लखनपुर, लायन एरिया इम्प्याक्ट ज्ञाननाथ पौडेल, जोन चियर पर्सन लायन्स हेम सागर अधिकारी र अध्यक्ष राजु खड्का साथै दमक थानाका इनिस्पेक्टर देवानंद(राहुल_मिश्र) पहिलो पहिला नेपाल दमक शाखाकका सचिब मेघनाथ फूयाल, ,साबिना समपांग, बिपुल गुरगाई , सोनु लगायत लायन्स क्लब अफ दमक लखनपुर र पहिलो पाहिल नेपाल दमक शाखाको सहकार्यमा ४५ हजार रकम जम्मा गरि बालिका आनन्दी गुरुंगलाई मेची आँखा अस्पताल मा १ हप्ता राखेर उपचार गरिएको थियो । उनि अहिले उपचार गरी पहिलाकै अवस्थामा देख्न सक्ने भएकी छिन ।
नानिको नया सन्सार देखाउने अभियान मा सहयोग गर्नुहुने सम्पूर्ण कोमल हिर्दय प्रति लायन्स क्लब अफ दमक र पहिलो पहिला नेपाल दमकले हार्दिक नमन प्रकटगरेको छ ।










