नेपाली कांग्रेसको जारी चौधौ महाधिबेशनको लहर चलिरहेको छ। विभिन्न पदाधिकारीहरुले आफ्नो उम्मेद्बारी अघि सारिरहेको बेलामा नेपाली कांग्रेसका नेता रोशन कुमार गौतमले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट क्षेत्रिय सभापति उम्मेदवारमा आफनो उम्मेद्बारी रहने जनाएका छन् ।
आफ्नु उम्मेद्बारी किन भन्दै उनले निम्न कुराहरु प्रष्टाएका छन्।
(१) नेपाली काङ्ग्रेसपार्टी बिभाजन हुँदाको अबस्थामा पनि दमक काङ्ग्रेसलाई एक ढिक्का राख्न सफल
(२) दमक काङ्ग्रेसलाई गुट उप गुट मा भुमरीमा फस्न बाट बचाउन सफल
(३) त्याग , निष्ठा तथा बैचारिक राजनीति व्यबहार भएको
(४) सबल, ससक्त, सक्षम तथा प्रभावकारी ढंगले नेपाली काङ्ग्रेस दमकलाई नेतृत्व गर्न सक्ने
(५) पटक पटक वडा अध्यक्ष भई वडाबासिको मात्र नभई समस्त दमक नगरबासीको हरेक दुख शुखमा साथ दिने अत्यन्त सहयोग तथा त्यस समयमा पनि नेकपा एमाले संग बैचारिक रूपमा प्रभावकारी ढंगले प्रस्तुत भई अहिलेको जस्तो नगरपालिकालाई एकलौटी एमाले पेवा हुन वाट बचाउन सफल
(६) विभिन्न संघ सस्थामा सफलता पुर्बक नेतृत्व गरि सकेको
(७) अग्रजलाई सम्मान तथा अग्रजको ज्ञान,सबै समकालिन साथी भाईहरुको सामुहिक भावना नै सशक्त पार्टी निर्माणको आधार
(८) कुरामा होइन काममा बिश्वास गरौं भन्ने भावना उब्जाएको
राम्रो मध्येको उत्कृष्ट नेताको खोजी गरौ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा निति सहितको नेतृत्व रोजौ भन्ने मूल नारा बोकेका उनि, पार्टी भित्र बैचारीक क्षमता,सांगठनिक कुशलता भएको,ईमान्दार,सक्षम र पारदर्शी नेतृत्वलाई स्थापित गर्नुपर्छ भन्दछन्।
म एक राजनितिक कर्मि, राजनितिलाई घनघोर प्रेम गर्छु ताकी असल राजनितिले मात्रै देश र जनताको उज्ज्वल भबिष्य निर्धारण गर्न सक्छ।
त्यसका लागी राजनितिक दलभित्र असल नेताहरुको अपरिहार्यता हुन्छ,त्यसको परिपूर्ति महाधिवेशनले गर्न सक्छ यो अबसर लाई सदुपयोग गर्न आफ्नो तहबाट जिम्मेवार पुर्व लाग्यौ भने मात्रै संम्भब छ।
परिवर्तन उत्तेजनाले होईन चेतनाले हुन्छ,जब म मा राजनितिक चेतनाको बिकास हुन थाल्यो त्यस बखत देखी राजनीतिमा सक्रिय छु कारण पोखरी फोर भयो भनेर मात्रै पुग्दैन,पोखरी सफा गर्ने क्षमता र आँट चाहिन्छ त्यसका लागि निरन्तर प्रयासरत भएर मैदानमा छु ।
नेपाली काँग्रेस पार्टी भित्रै संघर्ष गर्दै परिवर्तन र रुपान्तरणका लागि प्रयत्नशील छु ।
अग्रजहरूलाई सम्मान गर्दै परिवर्तनको भोक भएका तपाई हामी नयाँ र जुजारु युवा पुस्ताहरूले अब आफ्नै ठाउँबाट परिवर्तनको बिगुल फुक्दै पार्टी भित्र सौहार्द पुर्न बातावरणमा स्वच्छ प्रतिस्पर्धा गर्न तयार भएर अघि बढने उदघोष गर्दै उनले झापा क्षेत्र नं-५ को क्षेत्रीय सभापतिको उम्मेद्बारी प्रस्तुत गरेको बताए।






