सोमबारदेखि परेको अविरल वर्षाका कारण झापाका किसानको धानबाली नष्ट गरेको छ । किसानले वर्ष भरी खाने खाद्यन्य धानबाली पानीले नष्ट गरेको हो ।
झापा लगायत तराईका मोरङ, सुनसरी जिल्लामा लगाएका धान बाली पानीले नष्ट गरेको हो ।
यतिबेला किसानले धान काटर पाँजा लगाएका थिए । कतिपय किसानले पाँजा लगाएको धान उठाउन तमतयार थिए । काट्न आँटेको धान समेत हावा सहित परेको पानीले धानकोे बोट भाँचेर सोत्तर बनाएको छ ।
त्यस्तै झापाको शिवसताक्षीमा पनि धानको पाँजा पानी डुबेका छन् । काट्न लागेको धान समेत हावा पानीले लडाएर बाला पानीमा डुबेका छन् ।
झापाका मेचीनगर, बिर्तामोड, झापा, कन्काई, दमक, गौरीगंज, गौरादह, हल्दिबारी काचनलावल लगायतका क्षेत्रमा सोमबार रातिदेखि बेस्सरी पानी परेको छ । खेतका गरामा सुकाउन लगाइएको धानको पाजा पानीले चुर्लुम्मै डुबाएपछि किसानहरू चिन्तित बनेका छन् ।






