कांग्रेसको १४ औ महाधिवेशनको चहलपहल गाउँ, नगर र जिल्लाहरूमा विस्तारै शुरु हुन थालेको छ । विगतमा बिधानमा रहेको ब्यवस्थालाई परिमार्जन र परिस्कृत गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले बिधानमै केहि परिवर्तन गरेसँगै बिगत १३ औ महाधिवेशन भन्दा फरक तरिकाले वडा र पालिकाहरुको नेतृत्व चयन भइसकेको सबैलाई अवगत नै छ ।
त्यसैको फलस्वरूप नेपाली कांग्रेसको तल्लो तह वडाबाट नै नेतृत्व खारिएर आएको छ । त्यस्तै पालिका/नगर अन्तरको नेतृत्व पनि दरिलो र सबल छनौट भइसकेको छ।
नेपाली काङ्ग्रेस पार्टीभित्र विगतदेखि नै समस्याको रुपमा रहेको गुट, उपगुट र बिभिन्न बैचारिक समुहहरुलाई बर्तमान पार्टी नेतृत्वले समेत ब्यवस्थापन गर्न सकेको देखिएन । जसको फलस्वरूप विगतमा भएका स्थानीय र संघिय निर्वाचनमा भोगेको पराजयबाट पाठ सिक्न नसक्दा नेपाली काङ्ग्रेस भित्र यस्ता अवसरवादी गुटहरु झनै शक्तिशाली बनेर अगाडि आएको देखिन्छ । यस पटकको काङ्ग्रेसको कृयाशिल सदस्यता बिवाद पनि यिनै अवसरवादी गुटहरुको नाङ्गो नाँचको पराकाष्ठ मात्रै हो र नेतृत्वमा आउने रुवाबासी हो भन्छन् झापा क्षेत्र नं. ७ र क्षेत्र नं. ६ को समायोजन पछि बनेको नेपाली काङ्ग्रेस झापा क्षेत्र नं.५ का क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाली रहेका युवा नेता ढुंण्डीराज भण्डारी ।
सानै उमेरदेखि नेपाल विद्यार्थी संघको राजनितीबाट आफ्नो राजनीतिक गतिविधिमा संलग्न रहदै र नेपाल बिद्यार्थी संघको सकृय कार्यकर्ताको भुमिका निर्वाह गर्दै २०४५ सालदेखि अनवरत झापाको दमकमा रहेर राजनीतिमा सकृय नेता भण्डारी झापा काङ्ग्रेसका दर्विला खम्बा हुन । नेपाली काङ्ग्रेसको वडा, नगर र क्षेत्रको नेतृत्व कुशलतापुर्वक सम्हाली सकेका झापा जिल्लाकै उदियमान युवा नेता ढुण्डीराज भण्डारी नेपाली काङ्ग्रेसको झापा क्षेत्र नं. ५ को वर्तमान क्षेत्रीय सभापतिको रुपमा पार्टीलाई नेतृत्व गरिरहेका नेता हुन ।
बिगत देखि नै नेपाली काङ्ग्रेसलाई एकताबद्ध बनाएर लैजान प्रयत्नशिल रहेका नेता भण्डारी गुट र उपगुट भन्दा माथि उठेर सिङ्गो काङ्ग्रेस बनाउने योजनामा रहेको बताउछन् । गत स्थानीय निर्वाचनमा पार्टी भित्रकै अन्तर्घातका कारण नगर पालिकाको मेयर पदमा पराजित भएका नेता भण्डारी पार्टीको नीति र बिधान विपरित काम गर्नेलाई कार्वाही गर्न नसकेकोमा दुखित पनि देखिन्छन् ।
पार्टी भित्रको क्यान्सर रोगको समयमै उपचार गराउन नसक्दा अहिले पनि सिङ्गो झापा काङ्ग्रेस गुटको राजनीतिक भुमरीमा रुमल्लिरहेको नेता भण्डारीको ठम्याई रहेको छ । झापा काङ्ग्रेसको राजनीतिमा अहिले पनि उत्तिकै जुझारु र कृयाशिल नेता भण्डारीलाई झापा क्षेत्र नं. ५ को अभिभावक र रानोको रुपमा चिनिन्छन् । पार्टी भित्र देखिएको बिकृति र विसङ्गतिका बिरुद्ध खुलेरै चर्को आवाज उठाउने र गलत क्रियाकलापको शशक्त प्रतिकार गर्ने युवा नेता भण्डारी झापा काङ्ग्रेसमा अत्यन्तै लोकप्रिय नेता मानिन्छन् ।
निष्ठा र ईमानदारीता बिनाको नेतृत्वलाई केवल भिडको संज्ञा दिने युवा नेता भण्डारी अबको काङ्ग्रेस नेतृत्वमा जुझारु र निष्ठावान युवाहरुको उपस्थिति बढाउदै पार्टी भित्र अनुसासन र नेतृत्व प्रतिको सम्मान कायम गराउन आफ्नो एकमात्र लक्ष रहेको बताउछन् । विगतमा पार्टीले ब्यहोरेको हारवाट पाठ सिकेर अब आउने नयाँ नेतृत्वले जनकेन्द्रित काम गर्दै जनताको विश्वास जित्ने काम गर्नुपर्ने बताउँछन् ।
नेपाली काङ्ग्रेस आफ्ना भातृ संघ/संगठनहरु विना अधुरो र अपुरो रहने बताउदै नेता भण्डारी भन्छन अब सबै भातृ संगठनहरु कृयाशिल र सकृय बनाईनेछन् । भातृ संघरसंगठनहरुको उपस्थिति बिना काङ्ग्रेसको कुनै पनि कार्यक्रमहरु सञ्चालन गरिने छैनन् ।
परिवर्तनको पक्षमा खुलेर वकालत गर्ने युवा नेता ढुण्डीराज भण्डारी नेपाली काङ्ग्रेसको चारतारे झण्डा र रुख बोकेर हिडिरहँदा विश्वेश्वरप्रसाद कोईरालादेखि बर्तमानमा नेपाली राजनीतिमा कृयाशिल कोईराला परिवारको त्याग, समर्पण, भुमिका र आवश्यकता भुल्न नसकिने बताउँछन् ।
कार्यकर्ताको भावनामा चोट पर्न नदिने गरि आगामी चौधौ महाधिवेशनमा पार्टीले दिएको जिम्मेवारी बहन गर्न आफु सधै लागि पर्ने बताउने युवा नेता भण्डारी पार्टी भित्र छिद्र पार्ने डुहुरे मुसाहरु निर्मुल नपारेसम्म र पारिएका छिद्रहरु नटालेसम्म काङ्ग्रेसको भविष्य अझै सुरक्षित हुन नसक्ने ठोकुवा गर्छन् । पार्टी भित्र युवाहरुको उपस्थितिका लागि सधै भिमशेनस्तम्भ भएर उभिने झापा जिल्लाकै भविष्य बोकेका नेता भण्डारी हिजोका दिनमा जे जस्तो भयो त्यसलाई ईगो र बदलाको रुपमा नलिई पुनस् एकपटक नेपाली काङ्ग्रेसलाई झापा जिल्लाकै पहिलो पार्टी बनाउने योजनामा लागेको बताउने युवा नेता भण्डारी झापा क्षेत्र नं. ५ काे सभापतिका दरिलो उम्मेदवारका रुपमा देखिएका नेता हुन ।
पार्टी भित्र छिद्र पार्ने डुहुरे मुसाहरु निर्मुल नपारेसम्म र पार्टी भित्र डुहुरे मुसाहरुले पारिएका छिद्र र प्वालहरु नटालेसम्म काङ्ग्रेसको भविष्य अझै असुरक्षित रहने युवा नेता ढुण्डीराज भण्डारीको भनाइ छ।
कोठामा बसेर पार्टीलाई धुजाधुजा बनाउनेलाई पार्टीका कार्यकर्ताले अब चिन्न ढिलो गर्नु हुदैन भन्दै युवा नेता भण्डारीले रुखको चिन्ह भन्दा गुटको चिन्ह बोक्नेलाई पाखा लगाउन सके नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताए ।
पार्टी प्रति निरन्तर क्रियाशील रही काम गर्ने साथै पुरानोलाइ सम्मान गरी नयालाइ काम गर्ने अवसर प्रदान गर्दै पार्टी भित्र सबैलाई सम्मान गर्दै बिपक्ष संग निडर भएर लड्ने भनाइ सहित उनले झापा क्षेत्र नं. ५ काे सभापति उम्मेदवारमा सहयोग, सदभाव र अमुल्य मतको अपेक्षा रहेको बताएका छन्।






