
मिति २०७८/७/३ गते अर्जुनधारा ११ बुटावारी स्थित जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको सभाकक्षमा बाबुराम श्रेष्ठ वर्षा ज्यु द्धारा लिखित कोरोनाकालीन कविता सङग्रह- २०७८ पुस्तकको एक कार्यक्रम विच विमोचन भएको छ।
जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष एवम विमोचित पुस्तकका लेखक बाबुराम श्रेष्ठ को सभापतित्वमा संन्चालित कार्यक्रमा १ न प्रदेस का माननीय संसद बृख बहादुर प्रधान , त्रिफला पुस्तकालयका केन्द्रीय अध्यक्ष प्रेम प्रकाश फलारी , नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभा सदस्य शुभद्रा भट्टराई , राष्ट्रीय हिन्दु एकता मन्च नेपालका केन्द्रीय अध्यक्ष एवम जरोकिलो महाअभियान १ न प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओली ,साहित्यकार गंगा ओडारी , राम प्रसाद दहाल जगत मोहर ,राष्ट्रीय हिन्दु एकता मन्च नेपालका केन्द्रीय सचिव देविभक्त आचर्य, माता दयामती राजवंशी , युगनिर्माण महिला समाज नेपालकी १ न प्रदेश सदस्य कृष्ण देवि चुडाल लगायत को आतिथ्यता रहेको थियो।
कोरोनाकालीन कविता सङ्ग्रह २०७८ को विमोचन इन्द्र प्रसाद ओली , शुभद्रा भट्टराई, प्रेम प्रकाश फलारी माननीय बृख बहादुर प्रधानको बाहुली बाट गरिएको थियो ।
विमोचित पुस्तक को संक्षित टिपष्णी प्रागिक शुभद्रा भट्टराई ले गर्नु भएको थियो। शुभकामना मतब्य माता दयामति राजवंशी , इन्द्र प्रसाद ओली ,प्रेम प्रकाश फलारी माननीय बृख बहादुर प्रधान ले राख्नु भएको थियो । स्वागत मनतब्य जगत मोहरले गर्नु भएको थियो भने संन्चालन देविभक्त आचर्य ले गर्नु भएको थियो ।