
जरोकिलो महाअभियानको विशिष्टीकृत संस्था युगनिर्माण महिला समाज नेपाल १ नं प्रदेश समितिको आयोजनामा झापा निर्वाचन क्षेत्र नं ३ कचनकवल गाउँपालिका वडा नं ३ डाकुपाडामा मिति २०७८ साल कार्तिक ६ गतेबाट सञ्चालित त्रिदिवशीय सहृदयता अर्गानिक कपुरधूप सीप तालिमको आज एक कार्यक्रमका विच मौलिक जरोकिलो पार्टी प्रदेश १ अध्यक्ष आदरणीय इन्द्र प्रसाद ओलीज्यूले समापन गर्नु भएको छ।
स्थानीय शीतला माता मन्दिरकी प्रमुख आदरणीय मैया माताज्यूको उपस्थिति एवम् युगनिर्माण महिला समाज नेपाल प्रदेश १ सदस्य कृष्णादेवी चुडालको अध्यक्षतामा सञ्चालित समापन कार्यक्रममा मौलिक जरोकिलो पार्टी प्रदेश नं १ अध्यक्ष इन्द्र प्रसाद ओलीको प्रमुख आतिथ्यता रहेको थियो भने समापन समारोहको उद्घोषण संस्थाकी सचिव एवम् प्रमुख प्रशिक्षक खेमकुमारी ओलीले गर्नुभएको थियो । समापन समारोहमा संस्थाका तर्फबाट प्रमाणपत्र पनि वितरण गरिएको थियो । सहभागीहरूले सीप तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै राष्ट्रोदयका लागि जरोकिलो महाअभियान मार्फत अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
अर्गानिक कपुरधूप सीप तालिममा उपस्थित सम्पूर्ण सहृदयीजनहरूलाई संस्थाको तर्फबाट हार्दिक शुभकामनासहित सफलताको कामना गर्दछौं ।
स्मरण रहोस्, युगद्रष्टा गुरुदेव डा• निर्मलमणि अधिकारीज्यूको सङ्कल्प बमोजिम नेपाली महिलाहरूलाई अनुसन्धान, उद्यमशीलता, रोजगारी एवम् व्यक्तित्व विकासको माध्यमबाट राष्ट्रको हरेक आयाममा अग्रणी बनाउने उद्देश्यले जरोकिलो महाअभियानको विशिष्टीकृत संस्थाको रूपमा युगनिर्माण महिला समाज नेपालको स्थापना भएको हो ।