jQuery(document).ready(function($){ //
});

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनको अवसरमा चित्रकला प्रतियोगिता हुने भएको छ।

हिमालयन फेस्टिबल अफ आर्ट एण्ड लिटरेचरको आयोजनामा देवकोटाको जन्मदिनको अवसर पारेर चित्रकला प्रतियोगिता हुन लागेको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त प्रतियोगितामा देवकोटाको चित्र कोरेर आयोजकलाई पठाउनुपर्ने छ। कात्तिक १७ गतेसम्म चित्रकला पठाउन सकिने आयोजकले जानकारी दिएका छन्। प्रतियोगीले आयोजकको फेसबुक वा इमेलमार्फत् आफ्नो चित्रकला पठाउन सक्ने छन्।

आयोजकलाई प्राप्त चित्रकलाहरुमध्येबाट उत्कृष्ट चित्रकलालाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको अर्को चित्रकलालाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। आयोजकका अनुसार देवकोटाको सम्झनामा प्रतियोगिता आयोजना गर्न गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय