– विश्व प्रकाश तिम्सिना
अहिले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मँझधार चलि रहेको छ। महाधिवेशन भन्ने बित्तिकै कार्यकर्ताको ताजा जनादेश द्वारा नेतृत्वलाई नवीकृत गर्ने लोकतान्त्रिक बिधिको आवधिक प्रकिया भनेर बुझिन्छ, जहा विचारको स्वस्थ्य प्रतिष्पर्धा हुनेगर्दछ।
महाधिवेशन भन्ने वित्तिकै निर्वाचन र निर्वाचन भन्ने बित्तिकै जुगाको लडाई भन्ने सोचबाट हाम्रो मानशिकता बिकास हुदै आईरहेको छ।यसैक्रममा कहिलेकाहि व्यक्ति विचका द्वन्दले जानि नजानि गुणवान व्यक्तिहरु छुट्ने र औसतभन्दा पनि कम राजनैतिक क्षमता भएका व्यक्तिहरु स्थापित हुने गर्दछन।केहि न्याय गर्नुपर्ने व्यक्तिहरुमा अन्याय पनि हुन जान्छ।
पहिला पहिला यस्तो त्रुटिहरु अन्जानमा हुनेगर्थियो तर हिजो आज प्रतिषोधको भावनाबाट ग्रसित भएर निषेधको राजनिती र सोहि अनुरुपको राजनैतिक चिन्तन अधिकरुपमा मौलाउदै आईरहेको छ।आजकल विचार अथवा पार्टिभित्र समूहगत आस्था(गुट) फरक भएकै कारणले छेकथुन गर्नुपर्छ भन्ने मान्यता हामीमा हूर्किदै आईरहेको छ। पार्टिभित्रको आन्तरिक र नितान्त भित्रि बिषयमा हामीमा साझा सहमति हुन सकिरहेको छैन।एकथरी व्यक्तिहरु नेतृत्वमा आजिवन स्थापित हुने सोच राख्दछन भने अर्काथरी व्यक्तिहरु फलानोलाई नेतृत्वबाट विस्थापित गर्नै पर्छ भन्ने सोच राख्दछन।स्थापित भईसकेका र स्थापित हुन चाहानेहरु बिच सामन्जस्यता छैन।पार्टिको आन्तरिक नेतृत्व चयनको प्रकृया आफैमा अस्वस्थ र अस्वाभाविक बन्दै आईरहेको छ।
युग सापेक्ष योग्य व्यक्तिहरुको पहिचान गरेर उनिहरुलाई नेतृत्वमा स्थापना गर्नु पार्टिका आम शुभेच्छुक नेता, अभियान्ताहरुको दायित्व हो।तर गुट-उपगुटमा बिभक्त हुनाले व्यक्ति मुल्यांकन गर्ने दायरा पनि गुटकै चश्मा लगाएर साघुरो बनिसकेको छ ।हामी फलानोले कति संघर्ष गरेको?कति योग्य? कति क्षमतावान? कति युग सापेक्ष? कति रुचाईएको?कति सम्भाव्य? कति आवश्यक? कति दीर्घकालिन? कति बौद्धिक भन्ने भन्दा पनि फलानो कसको मान्छे? कुन गुटको?को संग हिड्छ? को संग उठबस गर्छ? आदि जस्ता साघुरा दृष्टिले व्यक्तिको मुल्यांकन गरिरहेका हुन्छौ।जसले गर्दा सहि व्यक्तिको सहि मुल्यांकन हुनसकिरहेको छैन।
हामीमा एउटा प्रथा छ; हामी हरेकपटक नेतृत्व चुन्ने महत्वपूर्ण बेलामा दवाव-प्रभावमा आएर हतारमा नेता चुन्छौ र फुर्सदमा पछुताउछौ।एकदिन औसतभन्दा मुनिका व्यक्ति आफ्नै हातले भोट दिएर रोज्छौ र बाकि दिन धारे हात लगाएर तिनैलाई गालि गर्छौ।यथार्तमा मताधिकार सहि व्यक्तिलाई उपयुक्त स्थानका लागि चुन्न दिईने सर्वाधिकार हो।त्यसअर्थमा, एक मतमा स्वभाविकरुपमा असल पात्र र प्रवृतिलाई स्थापित गर्ने र यथास्थितीवादि पात्र र खराब प्रवृतिलाई विस्थापन गर्ने तागत हुन्छ।मतदाताको हरेक एक मत आफैमा निर्णायक हुन्छ।पार्टिभित्रको आन्तरिक महाधिवेशन आम कार्यकर्ता र मताधिकार प्राप्त प्रतिनिधिहरुका निम्ति निकैनै संवेदनशिल र कठिन घडि हो।कठिन यस मानेमा पनि हो कि; पार्टिभित्रैका योद्धा-सहयोद्धाहरु मध्ये सिमित संख्या मात्रै रोज्ने विकल्प हुन्छ।जुन बाध्यत्मत परिस्थितीमा एउटालाई मत दिदै अर्को स्वभावैले छुट्ने हुन्छ।पार्टि परिवारभित्रैमा एउटालाई रोजेर अर्कोलाई छोड्नु निकै दुबिधात्मक र कठिन हुन्छ।तर खेलको नियमले कठिन र सहज भन्दैन।त्यसैले मतको अर्थ स्थापन र बिस्थापन गर्ने लोकतन्त्रले परिकल्पना गरेको स्वतन्त्र अधिकार हो।मताधिकारको प्रयोग गर्दा विवेक पुर्याउन जानिएन,अथवा विवेकहिन भईयो भने त्यसको असर कालान्तरसम्म परिरहन्छ।
पार्टिभित्रकै कुरा गर्दा मतदाताले गलत पात्र र प्रवृतिलाई मत दिएर स्थापित गरेकै कारण पार्टिभित्र बिक्रिति-बिसंगतिलाई संस्थागत गर्ने आत्मवल मिल्छ।त्यसमानेमा मतदिनु अघि मनलाई सोध्नु पर्छ भनेर भनिएको हो।
पार्टिभित्रको आन्तरिक प्रतिष्पर्धामा कोहि बढि क्षमतावान, जाज्वल्यमान, सर्वशक्तिमान, असल, गुणवान र कोहि क्षमताहिन, निर्धो अथवा खराब भनेर व्यक्ति विशेषलाई दैवत्वकरण अथमा कलंकित गर्नु हामीले सिकेको उदारवादि लोकतान्त्रित संस्कारको विपरित हुन आउछ।कसैले यसो गर्छभने उसमा राजनैतिक परिपक्ता नभएको ठहर हुन जान्छ।
पार्टिभित्र सबैको आ-आफ्नो योगदान हुन्छ।सबैले एक आपसमा फरक क्षमता राख्ने भएरै राजनितीमा होमिने संकल्प बोकेका हुन्छन।राजनितीको साचो अर्थ बुझ्ने जो कोहि केहि लिन भन्दा आफ्नो क्षमता र दायराबाट केहि न केहि समाज र राष्ट्रलाई दिनकै लागि राजनितीमा लागेका हुन्छ।कोहि गुणवान छ भने उसमा दोष पनि हुन्छ।कसैमा दोष छ भने गुणपनि अवश्य हुन्छ।योग्यता र क्षमता व्यक्ति व्यक्तिको फरक हुन्छ।बोलिमा प्रभाव हरेकको हुन्छ।वाककलाको कसैमा धेरै हुन्छ, कसैमा कर्मशिलता धेरै हुन्छ।त्यसअर्थमा निर्वाचनको रेसमा धावक बनेर दोडिने अभिप्रायले मैदानमा आएका कसैलाई बढि र कसैलाई घटि देखाउन मिल्दैन।
गुण र दोष, योग्यता र अयोग्ता, क्षमता र असक्षमताको सहि मुल्यांकन र तुलना गर्ने भनेको मताधिकार प्राप्त प्रतिनिधिहरुले हो।तुलनात्मकरुपमा जसको व्यक्तित्व र क्षमताले प्रभावित पार्नसक्छ उसैलाई नेताकोरुपमा चुन्ने अधिकार मतदातामा हुन्छ र मतदाताले आफ्नो चेत र अधिकारको सहि सदुपयोग गर्नसक्नु पर्दछ।
मत दिने हात चुक्नु भनेको प्रतिनिधि चयन गरेर मताधिकार स्थापना गरिदिने आम कार्यकर्ताको भावना प्रति कुठारघात गर्नु हो।र सबै भन्दा दुखद कुरा पार्टिमा क्षमतावान व्यक्ति पछिपरिएको कारण पार्टिको भविष्य पछि धकेलिनु हो।पार्टिमा भविष्यको चिन्ता नेतालाई भन्दा बढि कार्यकर्तालाई हुन्छ।नेताहरु आफु स्थापित हुन जस्तोसुकै हदसम्म सम्झौता गर्न तयार हुन्छन।व्यक्ति स्थापित हुने शर्तका अघि निति, निष्ठा, ईमान, प्रतिष्ठा, सहि-गलत, भन्ने बिषयले महत्व राख्दैन।त्यसैले पार्टिको समस्त भविष्य कार्यकर्ताको हातमा हुन्छ र कार्यकर्ताले कस्तो व्यक्ति नेताको रुपमा चुन्छ भन्नेमै अन्तरनिहित हुन्छ।
माथी उल्लेखित प्रसंग दमकको राजनितीमा संग पनि जोडिन्छ।केवल दमक मात्रै नभएर देशभरमा पार्टिको हालत ‘व्यक्ति गौण र विधि प्रधान’ हुनुपर्नेमा त्यसको ठिक विपरित ‘विधि गौण र व्यक्ति प्रधान’को दयात्मक स्थितीमा पुगेको छ।पार्टिमा विचार भन्दा गुटहरुको हावि छ।विवेकशिलता भन्दा विवेकहिनताको दुखद अवस्थामा पार्टि पुगेको छ।निर्वाचनमा प्रतिष्पर्धा कम प्रतिषोध बढि हुनेगरेको छ।पार्टिको आन्तरिक राजनिती संग परिचित सबैले दमकमा नेपाली कांग्रेसको बृहत सांगठनिक स्वरुप हुदाहुदै पनि नतिजामा सधै कमजोर सावित हुनुपरेको कारण सहजै बुझेका छन।केवल दमक मात्रै नभएर सिंगो क्षेत्र नं. ५ नै कम्यूनिष्टले किल्लाको रुपमा स्वघोषणा गरेको र अन्तरपार्टि चुनावमा कांग्रेसको भन्दा बढि कम्युनिष्टको पक्षमा सुखद नतिजा आउने गरेको हामी सबैलाई सर्वविधित नै छ।
यस क्षेत्रमा नेपाली कांग्रेसको बलियो सांगठनिक उपस्थिती हुदाहुदैपनि हरेक पटक हाम्रो हात रित्तो किन हुन्छ? यसको जड कारण के हो?
यसको एक मात्रै कारण हो ‘एकताको कमी’।स्वर्गिय गिरिजा प्रसाद कोईरालाले एकप्रसंगमा कुनै एक सभामा भन्नु भएको एउटा वाक्यांश छ;”कांग्रेसलाई कांग्रेसले नै हराउछ।अरु कसैले हराउन सक्दैन।” स्व. गिरिजा बावुले भन्नु भए जस्तो महत्वपूर्ण समयमा हामीमा एकताको अभाव, अन्तरघात, रिस-राग, द्वयश जस्ता नकरात्मक अवगुणहरु बढि सक्रिय हुन्छन।व्यक्तिले अमुक व्यक्तिप्रति पूर्णतया प्रतिषोधको भावना हूर्काउने र अत्यावश्यक घडिमा देखाईदिने, खुईल्याईदिने, बदला लिने जस्ता संकुचित भावनाले हाम्रो सांगठनिक एकता र एक-आपसको पारिवारिक्तवको भावनालाई क्षिण गरिरहेको छ।
माथी उद्रित तमाम विकृतिहरु दमक कांग्रसको हकमा पनि हुबहु लागु हुन्छ।दमकमा कांग्रेसको सांगठनिक उपस्थिती निकै बलियो छ।तथापि सांगठनिक हैसियत कमजोर।व्यक्ति-व्यक्ति विचको अन्तरद्वन्दले पार्टिलाई कमजोर नभएर पनि कमजोर सिद्ध गरेको छ।प्रतिषोध र निषेधको राजनितीको चपेटामा दमक कांग्रेस परेको छ।र यो दलदलमा यसरी चुर्लुम्मै डुबेको छ कि रुपान्तरणको अपेक्षा गर्न पनि नेतृत्वमा ठुलै फैरवदल भएमात्रै सम्भव छ।घाउ कोट्याउदै जादा धेरै ठुलो हुन्छ र त्यसले दिने पिडा एउटा आम कार्यकर्ताको लागी कति असह्य हुन्छ सायद जुंगाको लडाई लडिरहेका जो कोहिले अनुमान समेत गर्न सक्दैनन।
प्रतिषोध र निषेधको भावनाले ग्रसित मानशिकताले आफु स्थापित हुनभन्दा पहिला फलानोलाइ स्थापित हुन नदिनुलाई आफ्नो मुद्दा बनाईरहेको हुन्छ।कसरी आफु उक्लने भन्दा कसरी फलानोलाई तल झार्ने? आफु अघि बढ्नुभन्दा कसरी फलानोलाई पछि पार्ने? आदि जस्ता यावद नकरात्मक पाटोपट्टि व्यक्तिको ध्यान केन्द्रित हुन्छ।सिसाको घरमा बसेर अरुलाई ढुंगा हान्दै गर्दा सबै भन्दा ठुलो संकट आफ्नो अस्तित्व मै पर्छ भन्नै ज्ञानको बोध कसैमा छैन।गुट-उपगुटको वर्चस्व स्थापित गर्ने र अमुक व्यक्ति बन्ने स्वार्थमा पार्टिभित्र अस्वस्थ्य प्रतिष्पर्धाको गलत संस्कार गाजिदै आएको छ।जुन कुसंस्कारको जातोमा वास्तविक क्षमतावान, गुणवान र चरित्रवान व्यक्तिहरु पिल्सिनु पर्ने खतरा छ।कोहि स्थापित हुने शर्तमा कसैलाई चरम अन्याय हुने खतरा छ।जसले पार्टिप्रतिको आम नागरिक र मैदानमा खटिने निष्ठावान, मेहेनती कार्यकर्ताको नजर बदलिदै गएको छ।त्यहि कारणले गलत नजिरको स्थापना गर्दैछ।आम मनिसका अघि हामी तर्कहिन बन्नु पर्ने लज्जास्पद अवस्था हाम्रै कारणले बन्दैछ।
पार्टिभित्रका यि तमाम बिक्रितीका बाबजुद यसलाई सुधारेर, सबैको भावनाको सम्मान गर्ने र साझा अपनत्व श्रृजना गर्ने नेतृत्व स्थापित हुनु आजको अपरिहार्य आवश्यकता हो।हामी सबैले साझा प्रयत्न गरे र सहि समयमा सहि विवेकको प्रदर्शन गर्नसके, बिगतलाई सच्याउदै सुगम भविष्य निर्माण गर्न हामी सफल हुनेछौ।
आजको प्रसंगमा आदरणिय मेदनि सिटौला ज्युका बोरेमा दुईशव्द लेख्ने जमर्को गरेको छु।एकदिन कुनै प्रसंगवश मैले उहालाई सोधेको थिए; “दाई राजनिती मात्रै गर्ने!बिहे नगर्ने?”
बडेमानको मुस्कान सहित उहाले एउटा जवाफ दिनुभएको थियो;
“जिन्दगिको आधा भन्दा बढि समय राजनितीलाई दिईसके भाई, अब बचेको समय पनि राजनितीमै सफल हुन लगाउछु।ज़िन्दगी जिउदै गर्दा कोहि जुर्यो भने त्यति बेलै बिचार गरौला। समाजलाई केहि दिने उद्देश्य छ, पहिला त्यो उद्देश्य पुरा गरौ।”
यि विचारहरु किन पनि प्रासंगिक छन भने: राजनितीमा साधुवाद आजकल निकै कम सुन्न र देख्न पाइन्छ।
महामानव वि पि कोईरालाले कार्यकर्ताभेलालाई सम्बोधन गर्दै एकपटक भन्नु भएको छ;”हामीले गेरुवशत्र लाउने साधु जस्तो सोच लिएर राजनिती गर्नुपर्छ।” साधु भन्नाले जिवनमा कुनै लोभ, पाप, स्वार्थ, माया-मोह, तृष्णा नभएको निश्चल र निष्कलंक मन भएको महान व्यक्तित्व भनेर बुझ्नु पर्छ।
आजको युगमा नेता भनिएका र नेता बनिएकाहरु ‘साधु हुनलाई राजनिती गरेको हैन!’भनेर निशंकोच भन्ने गर्छन।
कलियुगमा साधुको भिन्न कोण बुझ्ने गरिन्छ। तर साधु भन्नाले सर्वस्व त्याग गरेर सत्मार्गमा हिड्न सक्ने त्यागि सोच हो।
राजनितीमा निष्ठा, त्याग र समर्पणको भावना नहुनु भनेको प्राण नभएको मानवआकृतिको बुख्याचा हुनु हो।
साधुवादलाई अंगिकार गरेर सरल जिवन र उच्च सोच बोकेर राजनितीमा होमिएका मुट्ठिभर व्यक्ति मध्येका एक व्यक्ति हुन ‘मेदनि सिटौला’।
विद्यार्थीकालको कलिलो उमेरबाटै नेपाली कांग्रेसको राजनितीमा होमिएर जिवनको झण्डै आधा वसन्त पार गरिसक्दा समेत उहि जोश र जागरका साथ राजनितीमा सक्रिय उहा, नेपाली कांग्रेसको उज्जवल भविष्य निर्माण गर्ने क्षमता बोकेको निंश्कलंक नेता हो।चारित्रिकरुपमा समेत निर्मल र नेतृत्वकर्ताको रुपमा पनि स्वच्छ, स्वस्थ्य।पार्टिभित्रका सबै तह-तप्का संग सम्वोन्वय गर्न ल्याकत भएको।सबैबिच सामन्जस्यता स्थापित गर्ने र गराउने, पार्टिको दूरगामी हितका पक्षमा स्पष्ट धारणा राख्न सक्ने। बिगतमा पनि पार्टिका बिभिन्न भातृसंगठनहरुको महत्वपूर्ण जिम्मेवारी बहन गरिसक्नु भएका उहाले धैर्यवान, संघर्षशिल, निष्ठावान र परिपक्क नेताको रुपमा आफ्नो परिचय स्थापित गरिसक्नु भएको छ। नेपाल बिद्यार्थि संघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रिय सदस्य जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै देशदौडाहका क्रममा देशका अधिकांश जिल्ला र त्यहाको जनजिवनलाई नजिकबाट नियालेर समाजको वास्तविक समस्याहरु र जनभावनालाई बुझेको उहा जतिको नेता हाम्रो क्षेत्रमा हुनु गौरवको विषय हो।
पार्टिप्रति निरन्तर आस्था राखेर अविचल रुपमा संगठनको ओझ र गरिमालाई फैलाउने, युवापंक्ति र नयाँ पुस्तालाई आकर्षित गराउने र पार्टिको संचित शक्तिलाई संकलित गरेर पार्टिको हितमा सकारात्मक परिणाम ल्याउन सक्ने आदरणिय नेता’मेदनी सिटौला’ ज्युले जारी १४ औँ महाधिवेशनमा झापा क्षेत्र नं.५ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि(खुल्ला) तर्फ आफ्नो उम्मेद्वारी पेश गर्नुभएको छ।
उहाँलाई सबैले दिलबाटै सहयोग गरिदिनु हुन सम्पूर्ण मताधिकार प्राप्त प्रतिनिधि ज्युहरुमा सादर अपिल गर्दछौ।
क्षमतावान व्यक्ति नेतृत्वमा स्थापित हुदैगर्दा पार्टिमा नविन जोश र नया रक्त संचार हुने भएकाले, पार्टिको भविष्यका लागि पनि एकपटक सबैले सोच्ने बेला आएको छ।आम कार्यकर्ताको क्षेत्रिय प्रतिनिधि ज्युहरुमा एउटै अपेक्षा छ कि; क्षमतावान, योग्य र सक्षम व्यक्तिलाई नेतृत्वमा स्थापित गरिदिने र पार्टिको सुनौलो भविष्य निर्माणमा सरिक हुने।व्यक्ति गुण र दोषको सिंगो प्याकेज हो।त्यसैले छान्ने अधिकार पाउदा सहि तुलना र उचित मुल्यांकन गरेर छान्न सक्नु पर्दछ।
तपाईले गर्ने सहि मुल्यांकनले हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने पुरानो रोगलाई अन्त्य गर्छ।र तपाईको एक गलत निर्णयबाट पार्टिको सांगठनिक भविष्यमा पर्ने असर बारे सोचेर, बुझेर सहि निर्णय लिन सक्नु भयो भने पार्टिको साख जोगिन्छ।
बिशेषगरि दमकको राजनितीमा व्यक्तिवाद बढि से बढि हावि भएको छ।प्रतिषोधको आगोले भित्र भित्र मानिसको स्वाभिमानलाई खरानि बनाईरहेको छ।प्रतिषोधले न क्षमता देख्छ, न संघर्ष बुझ्न खोज्छ, न नै सम्भाव्यका बिषयमा चासो राख्छ।प्रतिशोधको आगो जुनसुकै शर्तमा खरानी बनाउन लागेको हुन्छ।
यि तमाम नकारात्मक भावना बाट एक कदम अघि बढेर, एक स्तर माथी उठेर पार्टिभित्र पारिवारिकत्व, बन्धुत्म, प्रेम, सद्भाव, सदासयतालाई स्थापित गर्दै यथार्थमा युगले मागेको र संघर्षले निखारिएको व्यक्तिलाई नेतृत्व लिने र अघि बढ्ने गरि मार्ग प्रशस्त गर्नु पर्दछ।र सबैको साझा अपनत्व वहन हुने खालको सामूहिक नेतृत्वको स्थापना गर्न प्रेरित गर्नुपर्दछ।
साढे तिन दशक भन्दा बढि राजनितीमा अविचलित र अथक रुपमा लागेर परिपक्क भएको कोहि व्यक्ति राजनितीमा केहि गर्छु र केहि गर्नका लागि अघि बढ्छु भनेर तपाई हामी सामू सहयोगको याचना गर्दै गर्दा हामीलाई कुनै पनि कुण्ठा पाल्नु हुदैन।राजनितीको धर्म पनि यहि हो।
अन्तत: आदरणिय नेता मेदनी सिटौला ज्युको उम्मेद्वारिका विषयमा भन्दै गर्दा,भोट दिनु एउटा पाटो हो र संग संगै न्याय गर्नु अर्को पाटो हो।
मेदनी सिटौला तपाई हामीले भोट मात्रै हैन न्याय पनि दिनुपर्ने पात्र हुन।उहाँको न्यायको लागि सम्पूर्ण वडा सभापति तथा क्षेत्रिय प्रतिनिधि ज्युहरु, आम युवा पिढिमा दश औला जोडेर बिन्ति गर्दछौ।।
तपाईको बिश्वास नै सुदृढ कांग्रेस बनाउने आधार हुनेछ।🙏
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥






