काठमाडौं । चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्र व्यक्तित्वलाई अवार्ड प्रदान र सम्मान गर्दै एएनपी अवार्डस् २०२१ सम्पन्न भएको छ ।
पूर्व राज्यमन्त्री रामविर मानन्धरको प्रमूख आतिथ्यता तथा अभिनेता अभिनेत्री भुवन केसी, सरोज खनाल, मुकुन्द श्रेष्ठ, छयांकार तथा निर्माता निर्देशक मञ्जुकुमार श्रष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, गायिका तारा थापा संगीतकार टीका भण्डारी, गायक तथा संगीतकार किरण प्रधानलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा फेशन मोडलिङ्, चलचित्र र संगित क्षेत्र पनि समेतिएको उक्त अवार्ड सोमा ७० भन्दा बढी बिधामा अवार्ड प्रदान गरिएको थियो ।
सो अवार्ड सोमा बेस्ट फेसन कोरियोग्राफिका लागी मोनित महर्जनलाई अवार्ड प्रदान गरिएको थियो ।रेडियो झापाका स्टेशन प्रमुख पनि रहनु भएका मोनित महर्जन बिगत लामो समय देखी फेशन क्षेत्रमा संलग्न रहदै आउनु भएकोछ । संगित, छोटो चलचित्र, म्युजिक भिडियो देखी धेरै बिधामा राम्रो अनुभव भएका मोनित महर्जन आफै कार्यक्रम आयोजक पनि हुन । उनले यस अघी २०१८ र २०२१ म गरी दुई बेस्ट ईभेन्ट डिरेक्टरको आवार्डबाट पनि सम्मानित भई सक्नु भएको छ । हालका दिनमा पनि बिभिन्न कार्यक्रम आयोजनाको तयारिमा ब्यस्त रहनु भएका महर्जन धेरै बिधाका कार्यक्रमसँगै आफ्नै शब्द संगित र निर्देशनमा नयाँ म्युजिक भिडिओ ल्याउने तयारीमा हुनुहुन्छ । मनोरञ्जन तथा सञ्चार क्षेत्रमै झण्दै दुई दशक बिताएका महर्जन पर्दा पछाडी नै रहन रुचाउछन तर फेशन्, मोडेलिङ र ईभेन्टको क्षेत्रमा निरन्तर लागिरहने उनले बताए । हाल भने महर्जन मोफसलमा केन्द्रीत रहेर आफ्नो कार्य सञ्चालन गर्दै आईरहनु भएको छ ।






