jQuery(document).ready(function($){ //
});

काठमाडौंको धुम्बाराही अवस्थित हेम्स अस्पतालले कोरोना संक्रमण रोकथाम शुल्क भनेर प्रत्येक विरामीसँग अतिरित्त शुल्क उठाउने गरेको पाइएको छ । 

अस्पतालले कोरोना संक्रमण रोकथाम शुल्कका नाउँमा अस्पताल आउने प्रत्येक विरामीहरुसँग रु ५० रुपियाँ  उठाउँदै आएको पाइएको हो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

सेवा नै नलिएको विषयमा अस्पतालले शुल्क लिएपछि विरामीहरु भने हैरान छन् ।  

यस विषयमा विरामीहरुले अस्पतालसँग गुनासो गरेपनि कर्मचारीलाई कोभिड सर्नबाट रोकथाम गर्ने उद्देश्यले कर्मचारीले प्रयोग गर्ने पन्जा लगायत अन्य उपकरण प्रयोग गरे बापत उक्त शुल्क लिने गरिएको अस्पतालले बताउँदै आएको छ । 

‘हामीहरुलाई माथिबाट त्यो रकम लिनु भन्ने आदेश आएको छ,  संक्रमण रोकथामका लागि कर्मचारीले प्रयोग गर्ने समान किन्न शुल्कलिएका हौ त्यसैले उक्त शुल्कलाई संक्रमण रोकथाम शुल्क भनिएको हो ।’एक कर्मचारीले भने । 

अस्पतालले संक्रमण रोकथामका नाउँमा अन्य रोगका विरामीहरुलाई अनावश्यक आर्थिक भार थोपरेर कमाइ गरेपछि यस विषयमा स्वास्थ्य मन्त्रालयमा उजुरी परेको छ । आफुलाई एक सरोकारवाला नागरिक भन्न रुचाउने ती नागरिकले मन्त्रालयमा अस्पतालविरुद्घ उजुरी दिएपनि हालसम्म कुनै कारबाही या सुनुवाइ भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय