लक्ष्मीजीलाई धनको देवी मानिन्छ। माता लक्ष्मीलाई प्रसन्न गर्न, लक्ष्मीलाई मन पर्ने चिज मन्दिरमा चढाउनु पर्छ वा दिवालीको दिनमा पूजाको बेला भोग चढाउनु पर्छ। यदि दीपावलीमा माता लक्ष्मीलाई यी चिज अर्पण गरियो भने लक्ष्मीको कृपा सँधै तपाईंमा रहिरहन्छ।
केसर भातस् पहेंलो रङ्गको केसर भात माता लक्ष्मीलाई अर्पण गरेर लक्ष्मीलाई प्रशन्न गर्न सकिन्छ।
पहेंलो मिष्ठानस् माता लक्ष्मीलाई पहेंलो र सेतो रङ्गको मिठाइ अर्पित गरिन्छ।
पहेंलो मिष्ठानस् माता लक्ष्मीलाई पहेंलो र सेतो रङ्गको मिठाइ अपर्ण गर्ने ।
खीरस् माता लक्ष्मीलाई खीरमा किसमिस, काजू मिलाएर अर्पण गर्नुहोस्।
हलुवास् शुद्ध घिउमा बनेको हलुवा लक्ष्मी मातालाई अति प्रिय हुन्छ।
उखुस् दीपावलीको दिन उखु पनि चढाइन्छ किनकि उखु सेतो हातीको प्रिय हुन्छ।
मखनस् जसरी माता लक्ष्मीको उत्पत्ति समुद्रबाट भएको थियो, त्यस्तै मखनको पनि पानीबाट उत्पत्ति भएको थियो। मखन कमलको बोटमा पाइन्छ।
नरिवलस् नरिवललाई श्रीफल पनि भनिन्छ। नरिवलमा सबैभन्दा शुद्ध पानी हुन्छ। श्रीफल भएको कारण नरिवल माता लक्ष्मीलाई अत्यन्त मन पर्छ।
पानस् देवी लक्ष्मीको पूजामा मिठा पान अत्यन्त महत्त्वपूर्ण छ। यो खुशी र समृद्धि को प्रतीक हो।
अनारस् लक्ष्मीलाई अनार फल धेरै मनपर्दछ। दीपावलीको पूजाको क्रममा अनार पनि अर्पण गर्नुहोस्।






