jQuery(document).ready(function($){ //
});

नेपाली कांग्रेसको १४ औं महाधिबेशनको लागि झापा क्षेत्र न. ५ बाट पार्टीका सक्रिय ब्यक्तित्व चन्द्रबहादुर कार्कीले महाधिबेशन प्रतिनिधिको लागि दर्बिलो उम्मेद्वारी घोषणा गरेका छन ।

ग्लोबल टिभीसंग आज कुराकानी गर्दै कार्कीले आफ्नो उम्मेद्वारी सशक्त र निर्णायक हुने बताएका छन । त्यसको लागि उनी अहिले चुनाबी अभियान लिएर क्षेत्र न. ५ का प्राय सबै ठाउँ घुमिसकेको बताउछन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

२०४६ सालबाट नेपाली कांग्रेसको सक्रिय कार्यकर्ताको रूपमा राजनीतिमा होमिएका कार्की स्थानीय परिवेशमा निकै प्रभावशाली र आटिला पार्टीका सिपाहीका रूपमा चिनिन्छन । बीपीको बिचार बाट प्रभाबित भएर पार्टीको अभियानमा जोडिएका कार्की बीपीको बिचारले सधै पार्टीमा स्थान पाउनु पर्छ भन्ने मान्यता राख्छन ।

राजनीतिमा निकै सक्रिय देखिएका कार्की स्थानीय वार्ड उपसभापति पनि भैसकेका छन । त्यस्तै नगर सदस्य लगायत पार्टीका विभिन्न पद र ज़िम्मेवारीमा रहदा कुशलतापूर्ण आफ्नो ज़िम्मेवारी पुरा गरी अग्रमोर्चामा आफुलाई स्थापित गरिसकेका छन ।

राजनीति बाहेक सामाजिक क्षेत्रमा पनि कार्कीको उल्लेखनीय योगदान रहेको पाइन्छ । स्थानीय दिपिनी प्राबिको ब्यवस्थापन समितीको सदस्य लगायत सामाजिक र धार्मिक संघ संस्थामा पनि उनको सक्रियता र भूमिका महत्वपूर्ण रहदै आएको स्थानीयहरूको बुझाई छ ।
कांग्रेस पार्टीले मात्र देश र जनताको लागि काम गर्न सक्छ भन्ने मूल मन्त्र बोकेर महाधिबेशन प्रतिनिधि(खस आर्य)को लागि चुनाबी अभियानमा लागेका कार्की आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्छन ।

कांग्रेस पार्टीको बिचारसंग तीन करोड नेपालीको भाग्य र भबिष्य जोडिएको छ भन्दै कार्किले त्यहि गन्तब्यमा पार्टीलाई पुर्याउनु आफ्नो उम्मेद्वारीको एक मात्र लक्ष्य रहेको बताएका छन ।उनले थप्दै नेपाली काङ्ग्रेसको १४ महाधिवेशनमा मेरो उम्मेदवारी किन ?भन्ने विषयमा प्रस्तुत विचारहरु राखेका छन-

कांग्रेस नेताकार्यकर्ता, शुभेच्छुक र आमनेपाली जनताले १४ औं महाधिवेशनमा कांग्रेसभित्रबाट यस्तो नेतृत्व खोजिरहेका छन् जसले जागृति ल्याउन सकोस। कांग्रेसजनमा आशा र उत्साह भर्न सकोस । पार्टीभित्र सकारात्मक परिवर्तन ल्याउने एउटा अभियान कांग्रेसले खोजिरहेको छ । त्यो अभियान गुट र उपगुटभन्दा माथि उठोस, त्यो अभियानले देश भनोस्,अनि त्यो अभियानले कांग्रेसको भविष्य र देशको भविष्यलाई एकीकृत रुपमा चिन्तन गरोस् ।भन्ने कुरालाई मनन गर्दै मैले १४ महाधिवेशनमा उम्मेदवारी दिएको हुँ।

काङ्ग्रेस भित्र व्यक्तिगत स्वार्थपूर्तिका लागि नेताहरुको चाकरी गुलामी साथै गुट उपगुटको खेति गर्ने प्रविधिले गर्दा धेरै इमानदार नेता कार्यकर्ताहरु पार्टीबाट बाहिरिनु मात्र होइन राजनीतिबाट सन्याश लिनु बाध्य भएको देखेका छौ ।
व्यक्तिगत निजी स्वार्थलाई त्यागेर पार्टी देशको हितमा मात्र केन्द्रीकृत रहेन,राजनीतिलाई पेसा होइन सेवाको रुपमा आत्मसात गर्दै मैले १४ औं महाधिवेशनमा आफ्नो उम्मेदवार दिएको हुँ भन्दै सम्पुर्ण मतदाताहरुमा उनले आफ्नो पक्षमा एक मत हालिदिनु हुन विन्रम अनुरोध गरेका छन।
“अरुलाई हेर्यौ पटक-पटक चन्द्रबहादुर कार्कीलाई मतदान गरौं यस पटक”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय