झापाको दमकमा १० जना युवा हरुको समूह मिलि दमकको बालुवाटारमा हाम्रो खानपिन अड्डा सञ्चालनमा ल्याएका छन्। अड्डामा विशेष गरी चिकेन, बटाई, भेजका फरक फरक परिकारहरु पाइने साथै जन्मदिन, बिभिन्न संस्थाका पार्टी, मिटिङ्ग गर्नका लागि सुविधा सम्पन्न ठाउ सहित रहेको सञ्चालकहरूले बताए ।
बिहीबार दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, सदस्य चन्द्र खत्री, श्याम आचार्य कानून सल्लाहाकार सदस्य,दमक वडा नं ८ का वडा अध्यक्ष पशुपति राज गाैतम, कल्ब हिमालयन टाइगरका अध्यक्ष रेवत चन्द्र भण्डारीको संयुक्त उपस्थितीमा होटलको उद्घाटन गरेका छन् ।
दमकका विभिन्न क्षेत्रमा व्यवसायमा काम गरिरहेका युवाहरुले आफ्नै क्षेत्रमा ताजा सफा मीठो खानाका परिकारको सेवा दिनको लागि दमकको बालुवाटारमा हाम्रो खानपिन अड्डा सञ्चालनमा ल्याएको संचालकहरु मध्येका सञ्चालक जे बिमलीले जानकारी दिनु भयो ।









