नेपाली कांग्रेस मिक्लाजुङले गत कार्तिक पहिलो साता पहिरो बाट प्रभावित बनेका मिक्लाजुङ वडा नं. १ का १५ घर परिवारलाई खाध्यान्ह साहयोग उपलब्ध गराएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी पहिरो पडित परिवारहरुलाई चामल, नुन, तेल लागयतका खाध्यान्ह सामग्री उपलब्ध गराएको नेपाली कांग्रेस मिक्लाजुङ सहसचिब बिमल कुवंरले बताए । मिक्लाजुङ गाउँपालिका वडा नं. १ को खोला गाउँका १५ घर पहिरो पिडीतलाई अवस्था हेरी ३ देखी ५ बोरा सम्म चामल र अन्य नुन,तेल लागयत अत्यावस्यक सामग्री उपलब्ध गराएको र आगामी दिनमा आवस्यक परे थप सहयोग गर्ने नेपाली कांगे्रस मिक्लाजुङका सभापती बविकुमार राईले बताए ।
दुर्गम गाउँका जनताहरुको दुखमा सकेको सहयोग गर्न नेपाली कांग्रेस मिक्लाजुङ सधै निरन्तर लागि पर्ने सभापती राईले बताए । दशैं तिहार अगाडी नै सहयोग गर्ने योजना रहेपनी बाटोको केही असुवीधा रहेकाले केही दिन ढिला भएको राईले बताए । उत्त खाध्यन्न सहयोग नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनीधी, अजुर्न तुम्रुक र नेका मिक्लाजुङ सभापती बबिकुमार राईको बिषेश सहयोगमा उपलब्ध गराएको नेका मिक्लाजुङ सचिब दिपक श्रेष्ठले बताए । सहयोग हस्तान्तरण कार्यक्रम नेपाली कांग्रेस मिक्लाजुङ र नेका क्षेत्रीय सचिब पर्वत राईको समन्वयमा सो कार्यक्रम भएको हो । सहयोग वितरण कार्यक्रममा नेपाल तरुणदल मिक्लाजुङ वडा नं. ९ सभापती उदीप श्रेष्ठ, वडा सभापती दीपक राई, मिक्लाजुुङ उप सभापती भवानी राई, सभापती बवि कुमार राई, नेका क्षेत्रीय सचिब पर्वत राई लगायतको उपस्थिती रहेको थियो ।






