jQuery(document).ready(function($){ //
});

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुबईबाट शुक्रबार विहान काठमाडौं ओर्लिएका दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई कट्टुभित्र एक/एक किलो लेदो अवस्थामा पोको पारेर राखिएको सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सुन ल्याउने दुबै जना वैदेशिक रोजगारीका सिलसिलामा गएको र नेपाल आउँदा भारतीय नागरिकले पठाएको वयान दिएका छन् । ‘अन्दाजी दुई किलो हो । भन्सारमा बुझाउँदैछौं,’ एसएसपी बाँस्तोलाले भने, ‘इण्डियनले पठाएको भनेका छन् । थप अनुसन्धान हुँदैछ ।’  

उनकाअनुसार दुबै जनाले भित्रि वस्त्र अन्डरवेयरभित्र कपडाको सेनिटेरी प्याडजस्तो बनाएर सुन विमानस्थलको एक्सरे मेसिन पार गराएका थिए । तर पार्किङस्थलमा अस्वभाविक हाउभाउ देखाएपछि प्रहरीले खानतलासी गर्दा सुन फेला परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय