jQuery(document).ready(function($){ //
});

– मुस्कान पाण्डे 

 

RAWA Hills Town Property

RAWA Hills Town Property

मलाइ मेरो अनुहारमा केहि लागे जस्तो लाग्छ जब कोहि मलाइ घुरेर हेर्छ,
मोबाइल झिकेर आफ्नो अनुहार हेर्छु,
केही लागेको देख्दिन म ,
अनि फेरि त्यही मलाइ घुरेर हेर्ने ति आखाँमा आफ्नो नजर लैजान्छु,
प्रष्ट साफ त्यो अनुहारमा एक भोक मात्र देख्छु,
अनि सिकारिको भोजन म रहेछु ठान्छु,
भोजन नभए प्यास मात्रै भएपनी मेटाउँछु भन्ने सोच्दै छन भन्ने मान्छु।

दिनहुँ लोकल गाडीमा ओहोरदोहोर गर्ने म
कहिले कसैको गिद्दे नजरबाट बच्दै,
कहिले त्यो सिटको कुनामा गलत छुवाइ बाट पन्छिदै,
या भनुम यो छातिलाइ स्पर्श हुनबाट जोगाउँदै,
यि आखाँमा देखिएका डर,भ्रम अनि प्रश्नलाइ लुकाउँदै,
घरी गल्तिले होला त घरी जानी जानी नै हो भन्ने दुविधामा अल्झिदै,
ओर्लिने बेला हुन त लाग्यो के होला र भन्दै आफैलै झेल्ने हिम्मत दिलाउँदै,
हरेक पल बढ्ने यो मनको ढुक्ढुकि सम्हाल्दै,
म सधैँ यात्रा गर्थेँ,साना तिना यी घटनालाई पन्छ्याउँदै।

लाग्थ्यो जिन्दगिमा सबैभन्द ठुलो सपना हो,
तर म बिचरिलाइ के थाहा थियो र सपना भन्दा प्यारो कसैलाइ एक नारिको शरीर लाग्नेछ,
भर्खरै मात्र पलाएका यी सपनाका पखेँटालाइ कसैले आफ्नो रहर पूरा गर्नको निमित्त काटिदिनेछ,
न रोक्न सकेँ ती पापिलाइ,
न बचाउन सकेँ आफुलाइ,
न त यो यथार्थको रहस्य खुलाउन पाएँ कसैलाइ,
सकेँ त केवल बगाउन
आफ्ना मरेका यी आशालाइ
अनि दुखमा छटपटिएर छछल्किएका यी आँसुलाइ।

के थाहा थियो र त्यो साँझ मलाइ कसैले पछ्याउने छ,
मेरो मुख थुनी मेरो चिच्याहटलाई रोकिनेछ,
के थाहा थियो र त्यो साँझ एक अप्रिय घटना घट्नेछ,
मेरो लास पोको पारी फाल्दा मेरो परिवारको आत्मा जल्नेछ,
मेरा पृयहरुको खुशि खरानी भै बतासले उडाउने छ,
के थाहा थियो र मलाइ कोहि यस्तो दुष्ट अनि पापि पनि हुनेछ,
आफ्नो मान मर्यादा अनि पहिचान भुलेर बलत्कार जस्तो अपराध गर्नेछ,
के थाहा थियो र मलाइ मेरो अस्मिता माथी यस्तो चाल चलिनेछ,
यो अस्तित्व एक्दिन यस्तो नमज्जाले लुटिनेछ।

# Speak before its too late!
# Speak before harassment turns into rape

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय