jQuery(document).ready(function($){ //
});

यो देशमा जबसम्म राजनीतिको मियो सबल ,सक्षम , शिक्षित ,पारदर्शी ,वाककलामा निपुण युवाहरुको हातमा पदीय दायित्व सुम्पिदैन तबसम्म मनि , मसल र राजनीतिमा सट्टेवाजीहरुको हुल बढी रहन्छ अनि तरुणहरु बिचलित भएर तिनैका विरुद्ध कुनै दिन खनिनेछन।यो शाश्वत सत्य हो यो हेर्न बाँकी छ।
एक माघले जाडो जाँदैन साथीहरु
पार्टीमा जब सुकिला मुकिला हाबी हुन्छन तब विचार,निष्ठा,त्याग र बलिदानको कदर नहुँदो रहेछ।
नेपाली कांग्रेसको आन्तरिक १४ औं महाधिवेशनमा जसको शक्ति उसको भक्ती देखियो।त्याग,निष्ठा र योगदान इतिहासमै सिमित भए….जसले जति पैसा पेल्न सक्छ चुनाव उसको पक्षमा नतिजा हुने स्थिति आयो।यो लडाई को-कसको बिच हो छुट्टाउन नै सकिएन।एउटा टाउको बराबर लाखौं खर्च गर्न तयार हुने उम्मेदवारहरु बाट हामीले के अपेक्षा गर्ने;के यिनीहरुले पार्टी संगठन चलाउँलान त? पार्टीको हकहित र कार्यकर्ताको मर्मलाई तेवा पुर्याउने कार्य गर्लान त?के हो पैसा र दम्भको लडाई हो ?कि यो पार्टी भित्रको आन्तरिक अधिवेशन विचारको लडाई हो?
महामानव विपि भन्नु हुन्थ्यो ”महाधिवेशन नेताहरुको होईन,हामी हरेक कार्यकर्ताको बिबेकको परीक्षा हो”
तर जहाँ पैसाको चलखेल हुन्छ त्यहाँ विवेक प्रयोग गर्न नपाइने रहेछ। यहाँ अहिले दम्ब,अहंकार र पैसाको लड़ाई रहेछ यो अधिवेशन ।कुनै दिन विचार, निष्ठा, त्याग बलिदानको लडाई रहेछ भने अवश्य हाम्रो जित हुने छ ।
“नेपाली कांग्रेसको अबको सभापति विनोद चौधरीलाई बनाउँदा के उपयुक्त होला त?”आज म जस्तै हजारौं र लाखौं युवाहरु यहि वितृष्णामा जलिरहेका छौ?क्षेत्रीय प्रतिनिधिहरु र वडा सभापतिहरु आफैमा नेतागण हुनुहुन्छ;उहाँको विवेकको परिक्षण हो यो अधिवेशन?
हामी विशुद्ध राजनीति गर्नेहरुको लागि यो ठूलो अन्याय हो।अझै समय छ;एक मत मात्रै आफैमा निर्णायक छ।
“पार्टीलाई टिकाउ बनाउने कि बिकाउ बनाउने हो आफ्नो स्वोविवेक प्रयोग गर्नुहोला”
लेखन:- सच्चा कांग्रेसी

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय