मधुमल्ला÷ नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ (क) प्रदेश समितिको सभापतिमा नरबहादुर मोक्तान विजयी हुनु भएको छ । सर्वसम्मतिको प्रयास सफल नभएपछि शनिवार निर्वाचन भएको थियो । निर्वाचनमा प्रतिष्पर्धी अर्जुन तुम्रोक र बिरवल थापालाई हराउँदै मोक्तान सभापति बन्नुभएको हो ।
सभापतिमा विजयी मोक्तानले १३० मत ल्याउनुभएको थियो भने उहाँका प्रतिष्पर्धी अर्जुन तुम्रोकले ९६ र बिरवल थापाले ३८ मत ल्याउनुभयो । निर्वाचनमा जम्मा २७७ मत खसेको थियो । विजयी सभापति मोक्तानलाई क्षेत्रिय सभापति खड्ग फागोको समर्थन रहेको थियो । उपसभापतिमा १७२ मत ल्याउँदै प्रकाश निरौला र १४९ मत ल्याउँदै लोलिम पोमु निर्वाचित हुनुभयो ।
त्यस्तै सचिबमा १४७ मत ल्याउँदै कोमल प्रसाद ढकाल र १३८ मत ल्याउँदै रेश बहादुर कटुवाल बिजयी हुनुभए छ । सह सचिबमा १६८ मत ल्याउँदै नारायण धिमाल र १५९ मत ल्याउँदै नेत्र प्रसाद आपागाई निर्वाचित हुनुभयो ।






