कांग्रेस १४ औ महाधिवेशनमा मिक्लाजुङका राजिब पौडेलको क्षेत्रीय सदस्यमा उम्मेदवारी।
मधुमल्ला/ मिक्लाजुङ ९ निवासी राजिब पौडेल ले कांग्रेसको १४औं महाधिवेशनमा मोरङ क्षेत्र न १ को क्षेत्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । नेपाल तरुण दलको राजनितीमा सकृयतापुर्वक आफ्नो दक्षता प्रदर्शन गरिसकेका पौडेल क्षेत्र न १ का युवा पुस्ताका काङ्रेसहरु माझ लोकप्रीय छन् | युवा को जोस र पाका अग्रजको आशिर्वाद लिएर आफूले सक्दो योगदान पार्टीमा गर्ने भन्दै भोलि हुने निर्वाचन बाट क्षमता प्रदर्शन गर्ने मौका दिन सबै मतदाता समक्ष उनले अनुरोध गरेका छन् | राजनिती सङ्गै समाजसेवामा समेत सकृय उनी लायन्स क्लब अफ मधुमल्ला, लगायत क्लब तथा संस्था मा आबद्द छन् ।






