jQuery(document).ready(function($){ //
});

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाउने प्रतिष्पर्धा चलेको छ । महाधिवेशनको मुखमा ओलीको गुणगान गाउँदै खुशी बनाउने प्रतिष्पर्धा शुरु भएको हो ।

ओली अध्यक्षमा दोहोरिने निश्चित छ । यसका लागि उनले विधान महाधिवेशनमार्फत् विधान संशोधन समेत गरे । ओली निकटस्थहरुले उनी फेरि दोहोरिने बताइरहे । तर, पछिल्लो समय ओलीइतर भनी चिनिएकाहरुले पनि पक्षमा बोल्न थालेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

एमाले सचिव योगेश भट्टराईले ओलीको विकल्प नभएको र आगामी चुनावमा एमालेको विकल्प नभएको दिनप्रतिदिन अभिव्यक्ति दिदै आएका छन् ।

महाधिवेशनमा पुनः पदाधिकारीमा दोहोरिने तरिकाका रुपमा सजिलो बाटोको रूपमा लिन सकिन्छ ।

भीम रावल र घनश्याम भुसालले मात्र ओलीको आलोचना गर्दै आएका छन् । तर, दुवै एमालेभित्र कमजोर भइसकेका छन् । अष्टलक्ष्मी शाक्य पनि सहमतिमा पदाधिकारी चयन गर्नुपर्ने पक्षमा छिन् । उनले ओलीको आलोचना गर्न छाडेकी छिन् ।

सचिवहरु गोकर्ण बिष्ट र भीम आचार्य ओलीको प्रशंसक बनेका छन् । स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा र रघुजी पन्त मौनप्रायः छन् । उनीहरु ओलीको आलोचना गरिरहेका छैनन् ।

केही दिन अगाडि एमाले सचीव योगेश भट्टराईले अबैध गर्वाधान बाट बनेको स्पष्ट ठेगान नभएको माधब नेपालको पार्टी भनेर खिल्ली उढाएर ओलि प्रिय बन्ने प्रयास गरिरहेका छन् ।

यदि चुनाव भए ओलिले मन नपराएका ब्यक्तीले नराम्रो संग पराजित हुने प्राय निश्चित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय