नेकपा माओवादी केन्द्र दमककाे अध्यक्षमा कुलबहादुर बस्नेत रवि चयन भएका छन् । नगर सचिव तिर्थराज बस्नेत र नगर इन्चार्ज बेदु गाैतमकाे प्रस्तावमा उनी सर्वसम्मत अध्यक्ष भएकाे नेता गगन पुरीले जानकारी दिए । यस अघि नगर कमिटीमा ६५ जना सदस्य चयन गरिएको थियोे । ती मध्येबाट उनी अध्यक्ष चयन भएका हुन् ।






