jQuery(document).ready(function($){ //
});

झापा गाउँपालिकामा भोलि सोमवार देखि क्रिकेट प्रतियोगिताको महासंग्राम सुरु हुने भएको छ।

स्थानीय झापा गाउँपालिका ७ मा रहेको जनकल्याण माविको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुन लागेको आयोजक समितिका अध्यक्ष रोहित कर्णले बताए।

RAWA Hills Town Property

RAWA Hills Town Property

सगरमाथा युथ क्लब तथा वडा नं ७ को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाका १२ टीमले भाग लिएको कर्णले जानकारी दिए।

मंसिर १३ गते देखि सुरु भएको प्रतियोगिता मंसिर २३ गते सम्पन्न हुनेछ।प्रतियोगिता एलबिड्ब्लु बाहेक आइसीसीको नियम बमोजिम खेलाइने भएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय