jQuery(document).ready(function($){ //
});

।। भोजराज घिमिरे ।। मोरङ्ग ।।

मोरङ प्रहरीको सादा पोशकका (घुमुवा) प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने एक जना पक्राउ परेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

इलकाप्रहरी कार्यालय रानी विराटनगरले सादा पोशकका प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने विराटनगर महानगरपालिका १२ का ३१ वर्षिय पुष्पराज चेम्जोङलाई पक्राउ गरेको हो । चेम्जुङले भारतको जोगवनीदेखि सामान खरिद गरेरका आएका व्यापारीहरुलाई नक्कली प्रहरी बनेर सादा पोशकका घुमुवा प्रहरी हु भन्दै व्यापारीहरुसँग रकम माग गरेको अवस्थामा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका चेम्जोङले तस्करहरुसँग पनि रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । उनी विराटनगरको रानी, मटेरुवालगायतको सीमा नाकाहरुमा बसेर व्यापारीहरुसँग रकम असुल्ने गरेको बुझिएको छ । ‘अवैध रूपमा भारतदेखि भित्र्याएको सामानहरू ल्याउने क्यारिङ गर्नेहरूलाई चेम्जोङले चिनेका रहेछन् । उनीहरुलाई पनि आफु प्रहरी भएको भन्दै रकम असुली गरेको पाइएको छ,’ एक प्रहरीले भने ।

पक्राउ परेका चेम्जुङलाई प्रहरीले अभद्र्र व्यवहारको मुद्दामा म्याद थपगरि अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय