झापाको विर्तामोड-५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलले कक्षा ३ मा पढ्ने ९ वर्षीय विद्यार्थी अविरल犀利士 तिम्सिनालाई होमवर्क नगरेको निहुँमा अन्धाधुन्ध कुटेका छन् । घटनापछि विद्यालयले शिक्षकलाई झापा जिल्लाभर पढाउन नपाउने गरी निष्कासन गरेको छ ।






