jQuery(document).ready(function($){ //
});

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी हुनुभएको छ । 

नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्याशी कमल थापालाई पराजित गर्नुभएको हो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

आज बिहान सकिएको मतगणनाअनुसार अध्यक्षमा निर्वाचित लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याउनुभएको छ भने अध्यक्षका अर्का प्रत्याशी थापाले १ हजार ६ सय १७ मत प्राप्त गर्नुभयो।

त्यस्तै, अध्यक्षमा  पराजित थापाले नवनिर्वाचित अध्यक्ष  लिङदेनलाई बधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताउनुभएको छ ।

“प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु”, थापाले सामाजिक सञ्जालमा ट्विट गर्दै भन्नुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय