jQuery(document).ready(function($){ //
});

।।किशोर निरौला ।।मोरङ्ग।।
मधुमल्ला÷सिम्रीक बचत तथा ऋण सहकारी संस्थाले मोरङको मिक्लाजुङ गाउँपालिकामा मधुमल्लामा सेवा केन्द्रको सेवा केन्द्रगत साधारण सभा सम्पन्न गरेको छ । शनिबार मधुमल्लामा सेवा केन्द्रगत रुपमा ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले सहकारीको माध्यमा बाट बिपन्न बर्ग लक्षित कार्यक्रम संचालन गर्दै बिपन्न बर्गाको आर्थिक स्तर उकास्न सहयोग पु¥याने किसिमका कार्यक्रमहरुलाई प्राथमिकता दिएर अगाडी बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा संस्थको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मेहरमान बिष्टले प्रस्तुत गरेका थिए । बिर्तामोडमा केन्द्रीय कायालय रहेको सिम्रीक बचत तथा ऋण सहकारी संस्थाले यस बर्ष बाट मधुमल्लामा सेवा केन्द्र स्थापन गरेको हो । साधारण सभाको अवसरमा संस्थाले जेष्ठ शेयर सदस्य र उत्कृष्ठ बचतकर्ताहरुलाई सम्मान गरको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय