jQuery(document).ready(function($){ //
});

राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतकाे भिडियाे सार्वजनिक भएकाे छ ।

विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले संगीत भरेका छन् । गीतमा माण्डव्य र बस्नेत दुवैको स्वर सुन्न सकिन्छ । सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् ।

eHatiya

गीतको भिडियोमा वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, सुरवीर पण्डित, पूर्व प्रहरी सुपरिवेक्षक सुदिप आचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतका व्यक्तिहरुलाई देख्न सकिन्छ । निर्देशक राईले राष्ट्रिय गीत भएकाले अन्य भिडियाेभन्दा फरक तरिकाले भिडियाे बनाएकाे बताए ।

भिडियाेमा झण्डाकाे महत्व बुझाउन हरेक क्षेत्रका व्यक्तित्वलाई आफूले समेट्ने प्रयास गरेकाे उनकाे भनाइ छ । राष्ट्रिय झण्डाकाे जन्म आजभन्दा २५०० वर्ष अघि भएकाे बताउँदै उनले भने, “झण्डाकाे संरक्षण र महत्त्वकाे बारेमा बुझाउन यस गीतले उल्लेख्य भूमिका खेल्नेछ ।” गायक माण्डव्यले राष्ट्रिय झण्डाकाे महत्व बुझाउन सुरु गरेकाे अभियानलाई स्मरण गर्दै भने, “जसले जस्ताे मन लाग्छ त्यस्तै झण्डा बनाउने गरेका छन् । यसले हाम्राे झण्डाकाे गरिमा र महत्वलाई घटाउँछ ।” झण्डा हाम्राे गाैरव भएकाले यसकाे संरक्षण गर्नु हामी सबैकाे कर्तव्य भएकाे उनले बताए ।

यसैगरी, पूर्वमन्त्री लालबाबु पण्डितले राष्ट्रिय गीतलाई स्वाभिमानका साथ उठाउन निरन्तर आफू लागि पर्ने बताए । गीतबाट नाफा घाटा नहेरी राष्ट्रकाे निम्ती यस्ता गीत बन्नु पर्ने उनकाे भनाइ छ। मेरै पहलमा क्याबिनेटले सबैले झण्डा फरफराउन पाउने गरी खुल्ला गरिएकाे उनले दाबी समेत गरे ।

यस्तै, पूर्वमन्त्री हृदयेस त्रिपाठीले आधुनिकतालाई हामीले स्विकार गर्नुपर्ने बताउँदै आफ्नाे माैलिकता नबिर्सन आग्रह गरे । “हाम्राे देश बहुजाति, बहुभाषी हाे सबै मिलेर बस्नु पर्छ । एकले अर्काकाे अस्तित्वलाई स्विकार गर्नुपर्छ, उनले भने ।” कार्यक्रममा भिडियाे निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयाेग पुर्‍याउनहरुलाई कदरपत्रद्वारा सम्मान गरिएकाे थियाे । भने कार्यक्रम इश्वरकुमारले संचालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO