jQuery(document).ready(function($){ //
});

मौलिक जरोकिलो पार्टीेले आगामी चुनावमा पार्टीका उपाध्यक्ष बलराम प्रजापतिलाई प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्ताव गरेको छ । पार्टीका अध्यक्ष सुशील गौतमले आगामी चुनावमा देशभर उम्मेदवार खडा गरेर चुनावमा जाने घोषणा गर्दै प्रजापतिलाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरिएको जानकारी दिनुभएको हो ।

नेतृत्व हन्तान्तरण र पुस्तान्तरणको कुरा राष्ट्रिय राजनीतिमा उठे पनि ५० – ६० वर्ष कटेका व्यक्तिहरुलाई युवाको रुपमा प्रस्तुत गरिने गरेको बताउँदै पार्टी अध्यक्ष सुशील गौतमले मोलिक जरोकिलो पार्टीमा शिक्षित, प्रशिक्षित र दीक्षित असली युवा पुस्ताको नेतृत्वमा क्रियाशिल रहेको बताउनुभयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बलराम प्रजापति जरो किलो महाअभियान अन्तर्गतको सहृदयता समाज नेपालका संस्थापक अध्यक्ष हुन् । प्रजापति जरो किलो महाअभियान स्थापना भएदेखि अग्रणी अभियानकर्ताका रुपमा सक्रिय हुनुहुन्छ । महाअभियानको स्थापनाकालदेखि सचिवको भूमिकामा रहेका प्रजापति जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिको महासचिव हुँदै मौलिक जरोकिलो पार्टीको स्थापना भए देखि उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । पत्रकारितामा स्नातकोत्तर गर्नुभएका प्रजापति सञ्चारयोग त्रैमासिकका सम्पादकका रुपमा पनि कार्यरत हुनहुन्छ । उहाँले केही समय विभिन्न विद्यालयमा पत्रकारिता विषयको अध्यापन पनि गर्नुभयो । मौलिक सिद्धान्त अभिनिर्माण र त्यसको मूलप्रवाहीकरणमा जोड दिएर सैद्धान्तिक तथा वैचारिक प्रकाशनलाई प्राथमिकता दिँदैआएको जरो किलो महाअभियानको प्रकाशन विभागमा रहेर दुई दर्जन बढि पुस्तकहरुको प्रकाशन संयोजन उहाँले गर्नुभएको छ । अभियानमा निरन्तर सक्रिय प्रजापति स्वरोजगार हुनुहुन्छ । उहाँ पुर्ख्यौली माटाका भाडा बनाउने (कुमाले) पेशाका साथै विद्युतीय सवारीको व्यवसाय पनि गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय