
राजनीतिमा व्यक्ति सफल हुने सबैभन्दा अचुक शुत्र निरन्तरता हो।गितामा उल्लेखित भगवान श्रिकृष्णको उक्ति जस्तो; कर्म गर्ने र फलको आश नगर्ने फराकिलो चिन्तन सहित राजनितीका आरोह-अबरोह संग डटेर सामना गर्ने ल्याकत जसले राख्छ अन्तत्वगत्व उ नै एउटा पुस्ता र एउटा युगको नेता बन्ने गर्छ।
नेपाली कांग्रेस जस्तो मास बेस्ड पार्टिमा आफ्नो क्षमताको स्वमुल्यांकन गर्न र आफ्नो पहिचान स्थापित गर्न जो कोहिलाई बर्षौ लाग्ने गर्छ।तथापि केहि विशिष्ट क्षमता भएकाहरुलाई पार्टिले असामान्य परिचय पनि स्थापित गरिदिईरहेको हुन्छ।औसतरुपमा नेपाली कांग्रेसको सांगठनिक संरचना र नेतृत्व उत्पादनको ढाचालाई हेर्ने हो भने, आज प्रचारमा रहेका र प्रखर भनिन लायक नेताहरु अपवादका केहि बाहेक सबै तल्लोतहबाट क्रमश: विद्यार्थि, तरुण आन्दोलनका अभियान्ता हुदै, भातृसंस्था अथवा शुभेच्छुक संस्थाहरुको राजनैतीक पृष्ठभूमिबाट खारिदै, निखारिदै आएका छन। विशेषगरी ने बि संघ र तरुण दलको पृष्ठभूमीबाट उत्पादित नेताहरुनै राज्य सन्चालनको मुल प्रवाहको नेतृत्व गर्नसक्ने नेता भएर उदाएका दृष्टान्तहरु हामी सामून्ने प्रशस्तै छन।
सोहि क्रममा यहि भिडहरुमा आफ्नो पहिचानलाई पुनस्थापना गर्नखोजिरहेको अथवा नविन पहिचान निर्माणका लागि ४ दशकबाट पार्टिमा संघर्ष गरिरहेको एउटा नाम हो ‘मेदनी प्रसाद सिटौला’।
जिवन चलाउने सरल विकल्प हुदाहुदैपनि राजनीतिको कठिन यात्रालाई अंगाल्ने र राजनीतिमै जिवन समर्पण गरेर युग सापेक्ष आफ्नो विचार,सामर्थ्य, निती र अविचलित निष्ठाले मुलुकलाई सकरात्मक धारको परिवर्तन दिने अठोट र संकल्प सहित राजनीतिमा होमिएको एउटा संघर्षशिल योद्घाकोरुपमा आफ्नो पहिचान बनाएका मेदनि सिटौला नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल को राजनैतिक नर्सिरीमा हूर्किएर बिद्यार्थि राजनीति र तरुण अभियानका विभिन्न आरोह अवरोहहरु संग अनवरत संघर्ष गरेका, परिवर्तनका निम्ति नेपाली कांग्रेसले ईतिहासका विभिन्न कालखण्डहरुमा चलाएका आन्दोलनका मोर्चाहरुको सदस्य हुन।प्रजातन्त्र पूर्नवहालीका निम्ति वि.सं. २०४६ सालको जनआन्दोलनमा प्रहरीको चरम दमन र यातानामा परेका उनि तेस्रो पुस्ताका संघर्षको विम्ब अथवा प्रतिनिधि पात्र हुन।
विद्यार्थी आन्दोलन मार्फत जागरणको संवहान गर्ने एउटा बेलामा मेदनि सिटौलाहरु सडकमा आएर बोल्दा दरबारका खाबोमा कम्पन आउने गर्थियो।सिंहदरवारका भित्ताहरुमा खटपटि सुरु हुन्थियो।
विद्यार्थी आन्दोलनको ओझले सत्ताको रापताप सेलाउने त्यो बेला र त्यो पुस्ताका मुट्ठिभर नेताहरु मध्येको एक नेता मेदनि सिटौला पनि हुन।
नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका उनि, सोहि क्याम्पसका वि.सं. २०४६ सालका ने बि संघका ईकाइ सभापति हुन।संक्रमणकालिन राजनैतिक परिवेशमा राजधानिका यि मुख्य क्याम्पसहरुको राजनैतिक परिवर्तनमा ठुलो योगदान हुने गरेको थियो।योगदान आजपनि छ तर तुलनात्मक रुपमा अहिलेको राजनिती विगत र तात्कालिन परिवेशभन्दा केहि हदसम्म सन्तुलित छ।
ने वि संघको साधारण सदस्य हुदै सडक आन्दोलन देखी सुरुगरेको उनको राजनैतिक यात्रा नेपाल विद्यार्थि संघको केन्द्रिय उपसभापति हुदै क्रमश: नेपाल तरुण दलको केन्द्रीय सदस्य र नेपाली कांग्रेस पार्टिको १३औँ महाधिबेशनबाट महासमिति सदस्य हुदै हालसम्म निरन्तर छ।
स्वच्छ र शालिन छविका उनि वैचारिक गहनता र विश्लेषणात्मक राजनैतिक क्षमता राख्ने समय र पुस्ता सुहाउदो ‘कन्फर्टेवल लिडर’ हुन।
राजनितीको मुलप्रवाहमा राजनैतिक भन्दा गैरराजनैतिक पात्रहरु हावि भईरहेको यो वर्तमान परिवेशमा राजनीतिको मुल सफा गर्न कोहि राजनैतिक सुझबुझ भएका व्यक्तिको आगमन र स्थापना सहि समय र सहि स्थानमा भएन भने राजनीति आम कार्यकर्ता र निष्ठापूर्वक राजनैतिक अभ्यासमा विश्वास गर्ने निम्छरा वर्गको पहूचबाट बाहिर जान्छ।
वलियो र सवल रक्षात्मक चेत हुनेहरु समयमै नेतृत्वमा स्थापित नहुने हो भने राजनिती वि पि ले कुनै समयमा भन्नु भएजस्तो सुकिला-मुकिलाको चंगोलमा जान्छ।यहा सुकिला-मुकिला भन्नाले सफा-सुगर भन्ने हैन।योगदान र महेनत नै नगरेका सुविधाभोगी,पदप्रतिष्ठाका उत्कण्ठि, सत्ताभोगी, सर्वसत्तावादि, चरम अवसरवादी, लोभि-पापिहरु हुन।
अविरल संघर्षको गौरवशाली ईतिहास भएको नेपाली कांग्रेस जस्तो जिम्मोवार पार्टिमा यस्ता सुविधाभोगी, लोभि-पापिहरुको हालिमुहालिले राजनितीको उद्देश्य, परिपार्टि, सिद्धान्त, निष्ठा, आदर्श, मुल्य-मान्यता, पाठ र संस्कारलाई विस्थापित गर्दै वि पि, सुवर्ण, गणेशमान, किशुन जि जस्ता महामानवहरुले कल्पान गर्नुभएको र हजारौ हजार शहिदहरुको रगतले स्थापित भएको नेपाली कांग्रेसको आस्थाको मुलालाई दूषित बनाउछ।
“व्यक्ति परिवर्तनको संवाहक हुन सक्छ तर सम्पूर्ण परिवर्तन एक व्यक्तिबाट सम्भव छैन।”
तसर्थ हामीले बदलिदो युग अनुसारको बदलिदो चेत र बदलिएको दृष्टिबाट राजनितीको पुर्नव्याख्याय गर्नुपर्दछ।सामूहिक नेतृत्वको साझा चिन्तनलाई अघि सारेर सबैको आस्था, भावना र मनोविज्ञान लाई समेट्न सक्ने नेता आजको समयको आवश्यकता हो।साझा नेतृत्वको संस्कारको थालनि गर्न व्यक्तिवादि र आत्मकेन्द्रित चिन्तनबाट माथी उठेर ‘म’ बिर्सिएर ‘हामी’ भन्न सक्ने उदार छाति भएको नेता चाहिन्छ।म वादि हरुबाट परिवर्तन सम्भव हुने भए राजा-महाराजाहरुको पालोमा नेपाल अमेरिका, युरोप, जापान, कोरिया,आदि जस्तो टल्टलाउदो-झलझलाउदो बनिसक्ने थियो।
म हैन हामी भन्ने सक्ने उदार चिन्तन भएको र फराकिलो छाति भएको एक नेता मेदनि प्रसाद सिटौला पनि हुन।
यो उनको एकोहोरो समर्थन हैन अथवा भनौ उनको दैवत्करण पनि हैन।
जसरी एउटा तारा स्वयम आफ्नो तेजस्वले चम्किरहन्छ।व्यक्तिको गुण र दोषको प्रसंशा गर्न उसमा केहि न केहि तेजस्व अर्थात क्षमता हुनुपर्दछ।मेदनी सिटौलालाई ताराको संज्ञा दिईएको कारण पनि उनको क्षमता हो।पूर्व झापाको राजनैतिक माटोमा फक्रिरहेका कमल हुन उनि।उनि माथी हामी र हाम्रो पुस्ताको भरोसा छ।पूर्वबाट उदाएको यो उज्यालोको झिल्को पार्टिभित्र रूपान्तरणको ज्योति बनेर देशका कुनाकन्दरामा फाटोका र अन्ध्यारा मनहरुको उज्यालो ज्योति बनेर पस्न सक्छ, सबैको मन-मुटुमा छाउन सक्छ।
राजनीतिमा ‘सहि व्यक्ति सहि स्थान’ को अवधारणामा आस्था राख्ने मैले पार्टिको केन्द्रिय तहमा प्रवेश गर्दै राष्ट्र राजनीतिमा उदाउनै लागेको एउटा ताराको संक्षिप्त परिचय लिएर आएको छु।सहि व्यक्तिको मुल्यांकन सहि समयमा हुनुपर्छ भन्ने मान्यतामा म सदैव अडिग छु।
संघर्षशिल,क्षमतवान र सम्भावना बोकेकाहरु राजनीति जस्तो जटिल कर्ममा आशनका हकदार भए भने मात्रै राजनीतिको मुल संलिएर जान्छ।अन्यथा विकृत राजनितीले देश र समाजलाई पुस्तौ पुस्ता सम्म प्रताडित गराई रहन्छ।राजनैतिक शक्ति प्रदर्शन आफैमा उच्चा नैतिकताको प्रदर्शन पनि हो।यो बेलामा हामीले लिने निर्णय गलत भयो भने, गलत निर्णयको शिकार हामी पछिको पुस्ता हुनेछ।
नेपाली कांग्रेस मास बेस्ड पार्टि भएकाले यहा क्षमतावान नेता-कार्यकर्ताहरुको उपस्थिति बाक्लो छ।क्षमता र विशेष क्षमता राख्नेहरु समयक्रम अनुसार नेतृत्वमा स्थापित हुने प्रक्रिया लोकतान्त्रिक पार्टिभित्रको स्वाभाविक प्रक्रिया हो।सोहि प्रक्रियाको परिपालन गर्ने क्रममा भूलवस क्षमतावान व्यक्तिहरु नछुटुन भन्ने अभिप्रायले पनि मेदनि सिटौलालाई समय रहदै कांग्रेसले चिन्नु पर्छ र परिक्षण हुने मौका दिनुपर्दछ।
संघर्षको पृष्ठभूमिबाट बामे सर्दै केन्द्रीय तहको राजनीतिमा पाईलो टेक्ने क्रममा यसपटक नेपाली कांग्रेसको १४औँ महाधिबेशन मा केन्द्रीय सदस्य पदमा खुला तर्फबाट आफ्नो उम्मेद्वारी पेश गरेका उनि पार्टिभित्रका तमाम न्यायकर्ता साथिहरुबाट सदासयताको अपेक्षा गरिरहेका छन।
साधुवादमा विश्वास राख्ने उनमा राजनितीप्रतिको भित्रि समर्पण र अवसर पाए आफुलाई प्रमाणित गर्ने प्रचुर क्षमता छ।क्षमताको कदर र संघर्षको सम्मानकै लागि भएपनि यसपटक हाम्रो पार्टिका न्यायमूर्ति, देशभरबाट केन्द्रिय महाधिबेशनमा सहभागि हुन आउनु हुने मताधिकार प्राप्त महाधिबेशन प्रतिनिधि ज्युहरुले शालिन चेहारामा प्रखर बौद्धिक तिक्षणता बोकेका ‘मेदनि प्रसाद सिटौला’ न्याय गरिदिनुहुन हार्दिक अनुरोध र अपिल गर्दछौ।
यहाहरुको साथ, सहयोग, सद्भाव सहितको अमुल्य मतले नै नेपाली कांग्रेस पार्टिको भविष्यको निर्णय गर्नेछ।मेदनि सिटौला र उनले प्रतिनिधित्व गरेको यो पुस्ता पार्टिको मुलधारमा स्थापित हुनुभनेको राजनीतिलाई परबाट नियालिरहेको पुस्तालाई राजनीति प्रति आकर्षित गर्नु हो।तपाईको एक अमुल्य मतको तागतले सोझा-ईमान्दारहरुलाई न्याय गर्नेछ र यसपछिको पुस्तालाई शिक्षा दिनेछ भन्ने अपेक्षा राखेको छु!