
दमक/ झापाको दमक बजारमा आज ( बुधबार ) राती ७ बजे एक युवकको हत्या भएको छ । दमक ६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिले हतियार प्रहर गरी दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।
हतियार प्रहारबाट घाईते भएका उनको उपचारका लागि विएण्डसी अस्पताल लगिएकोमा तत्कालै मृत्यु भएको डिएसपी कार्कीको भनाई छ । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन ।

प्रहरीले सो घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरेको जनाएको छ ।