
आदरणीय शेखर दाइ,
जय नेपाल🙏🙏
डा.शेखर कोइराला त्याग,निष्ठा,सिद्धान्त र पार्टीमा आमोल परिवर्तन ल्याउने सामर्थ भएका निडर नेता हुन।उनलाई आफैले विश्वास गरेका केही नेताहरुले धोका दिए त केही मतदाताहरुले धोका दिए होलान….तर के भयो त?हामी नेपाली कांग्रेसका सिपाही हौ र डा.शेखर कोइरालाको सच्चा कार्यकर्ता हिजो नि थियौ,आज पनि छौ र भोलि पनि हुनेछौ।जसरी महाभारतको एक महत्वपूर्ण पात्र”अभिमन्यु”लाई हामीले बिर्सदैनौ त्यसरी नै नेपाली कांग्रेसभित्रका आस्था,निष्ठालाई शिरोधारी गर्ने कार्यकर्ताहरु,नेपाली जनताले तपाईंलाई बिर्सने छैनन्।आज पनि हामी अभिमन्युलाई सम्झन्छौ।सायद,जालझेल गरेर चक्रबिउमा नपारेका भए अभिमन्युले महाभारत युद्ध सो दिन नै अन्त्य गर्थे होलान।यस्तै अभिमन्यु पात्र हुन “डा.शेखर कोइराला”।
परिवर्तनको पक्षको भजन गाएर आफू स्थापित हुन चाहाने नेताहरु रामचन्द्र पौडेल,शंशाक कोइराला,सुजता कोइराला,प्रकाश मान सिंह,बिमलेन्द्र निधि र कृष्ण प्रसाद सिटौलाहरुले सुरुवातीमा होस्टेमा हैंसे गरेर अब नवीन कांग्रेसको तय गर्नुपर्छ,कोइरालाको छवियुक्त सबल कांग्रेसमा रुपान्तरण र परिवर्तन लाद्नुपर्छ भनेर आखिर कोहि तटस्थ रहे त कोहि चाकडिबाज गरेर बसे त कोहि तपाईंकै प्रतिद्वन्द्वी बनेर उभिए।त्यो विडम्बनाका बाबजुत पनि तपाईंले एक्लै पाउनुभएको यो मत १८५५ पार्टीभित्र सम्मानयोग्य छ।यो प्रेम र सद्भावको लागि सबैलाई बधाई र धन्यवाद ज्ञापन गर्न नबिर्सनुहोला।यो प्रेम,समर्थन र प्रयासलाई सम्मान गर्दै सुदृढ,नविन वैचारिक कांग्रेसको निर्माणमा सधै तल्लिन रहनुहुनेछ र आफ्नो संमयमता गुमाउनु हुने छैन भन्ने दृढ विश्वास लिएका छौ भन्दै सम्मानयुक्त आभार प्रकट गर्दछु।
परिवर्तनको भजन गाएर जित्ने महाधिवेशन प्रतिनिधि नि चिनियो,उनीहरुसँग भएको बौद्धिक क्षमताको नि परिक्षण गरियो यो १४ औं महाधिवेशन मार्फत!!यसबाट हामी कार्यकर्ताहरुले दह्रो र गतिलो शिक्षा आर्जन गरेका छौ।
सधै पद जित्ने हैन,तपाईं जस्तो मन जित्ने नेताको असल कार्यकर्ता हुन पाइयोस डा.साहेब!!
“माफ गर्नुहोला निष्ठा,विशुद्ध वैचारिक राजनीति र नवीन परिवर्तनको बीउ छर्ने परिकल्पना लिएर राजनीति गर्ने तपाईंलाई जिताउन हामीले सकेनौं।”
जय नेपाल!!
नेपाली कांग्रेसको सच्चा सिपाही
डा.शेखर कोइरालाको कार्यकर्ता
विश्व प्रकाश तिम्सिना
दमक-झापा