jQuery(document).ready(function($){ //
});

।।अविन मेयाङ्गवो।।०३पुष।।ललितपुर।।
आदिबासी जनजाति युवा महासंघ( वाइफिन)संघीय परिषदले आदिबासी स्वयत्तता/संरक्षित क्षेत्र र आदिवासीको भुमी अधिकार सम्बन्धि एक दिने गोष्ठी ललितपुरमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक लाहुर्निप संघीय कोषाध्यक्ष भिम राई रहनुभएको थियो भने प्रशिक्षकहरु लाहुर्निप कार्यक्रम संयोजक दुर्गा याम्फु र एफिनका संघीय अध्यक्ष हेमन्त राइरहेका थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा पहिलो चरणमा सहभागीहरुको परिचय साथै जिज्ञासा लिइएको थियो भने कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक राइले आईएलओ १६९ र यूएन्ड्रीप अन्तरास्ट्रिय कानुन बारे सिकाइएको थियो भने बर्तमन अवस्थामा आदिवासी जनजातीहरुको मुद्दा उठाउने प्रतिनिधि,प्रदेश र राष्ट्रिय सभामा एक जना पनि सांसद नरहेको बताए।

उनले प्रशिक्षार्थीहरुलाइ भुमी सम्बन्धि अधिकार,भुमी संरक्षण,पहिचान तथा सम्बोधन,प्राथमिकता निर्धारण,सहभागिता र प्रतिनिधित्व साथै भुमी अधिकार कसरी कार्यनयन गर्ने भन्ने बारेमा प्रशिक्षण दिएका थिए।

त्यस्तै दुर्गा याम्फुले पहिचान,स्वायत्तता र भुमी सम्बन्धि ब्यबस्था कानुन बारे प्रशिक्षण दिएका थिए।

दुई प्रशिक्षकहरुले आदिबासीको किपट खोस्ने,नामेट गर्न खोज्नेसंग कानुनी लडाइ कसरी लड्ने बारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा हेमन्त राइले एफिनको बर्तमन अवस्था,बर्तमन सम्म आउँदा गरेको कार्य,संगठनिक संरचना र भाबी कार्ययोजना प्रस्तुत गर्दै प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सहभागीहरुले प्रशिक्षकहरुलाई आदिबासी किपटको संरक्षण,आदिबासी जनजाति महासंघ र सोको निकट संस्थाहरूको राज्य पुर्न:संरचना बारे स्पष्ट अवधारणाहरु समेत सोधेका थिए।

कार्यक्रमको औचित्य बारे एफिनका महासचिव किरण श्रेष्ठले उजागर गरेका थिए।

कार्यक्रम दुर्गा याम्फुले संचालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता वाइफिनका संघीय अध्यक्ष हेमन्त राइले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय