मधुमल्ला÷ मोरङको उर्लाबारी नगरपालिकामा रहेको नमुना बालगृहका बालबालीकाहरुलाई शनिबार न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । महिला विकाश तथा वालवालिका चेतना केन्द्रद्धरा सञ्चालित मोरङको उर्लाबारि ७ मा रहेको लायन्स नमुना वालगृहमा रहेका बालबालीकाहरुलाई जाडोको समयमा न्यानोपन दिलाउन सहयोग पु¥याउने उदेश्यले न्यानो कपडा वितरण गरिएको हो । नेपाली कांग्रेस मिक्लाजुङका नव निर्वाचित सभापति बबि कुमार राईको बिशेष पहलमा, काठमान्डांैका दाता पेमा जङ्बु सेर्पा (घिसि ङ्वाङ योन्तेन)ले सो सहयोग उपलब्ध गराउनु भएको हो । कार्यक्रममा सो बाल आश्रममा आश्रय लिएर बस्ने बाल आश्रमका ५४ जना बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरिएको नेपाली कांग्रेस मिक्लाजुङका सभापती बबि कुमार राईले बताउनु भयो ।
बि.स.२०५७ मा स्थापना भएको सो बालगृहमा हाल ६१ जना घरबार बिहिन तथा बिबिध कारणले बुबा आमाबाट टाढा हुन पुगेका वालवालीका रहेका छन । हाल सोे केन्द्रमा २ महिनाका अनाथ बालबालिका देखि २० बर्ष उमेर सम्मका बस्दै आएका छन् । सो बाल आश्रममा वालबालिकालाई शिक्षा दिक्षाका लागि वालगृह संगै कक्ष ३ सम्मको प्राथमिक विद्यालय “नमुना वालविकाश केन्द्र” सन्चालन गरिएको सो बाल विकाश केन्द्रका ब्यवस्थापन समितिका अध्यक्ष तथा यस संस्थाका संस्थापक समितिका अध्यक्ष प्रलाद थापाले बताउनु भयो ।






