jQuery(document).ready(function($){ //
});

।।भोजराज घिमिरे ।।

नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकको मनपरी विरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बैंकहरुको ज्यादतीको विषयमा आन्दोलन गर्ने बताए । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, ‘बैंकको ज्यादतीका विरुद्धमा हामी आन्दोलन गर्छौं ।’

RAWA Hills Town Property

RAWA Hills Town Property

पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले बैंकहरु कमाउने धन्दामा लागेको आरोप पनि लगाए । बैंकले २० प्रतिशत भन्दा बढी नाफा कमाएर अपराध गरिरहेको बताउँदै उनले त्यसो गर्नेलाई राज्यले कारबाही गर्नुपर्नेमा जोड दिए ।वैदेशिक व्यापार पैठारीको लागि लामो समयसम्म बैंकहरुले एसली खोल्न आनाकानी गरे कच्चा अभावमा उद्योगहरु स्वतः बन्द हुने चरणमा पुग्ने अर्का उद्योगी एवं सिएनआईका सल्लाहाकार महेश जाजुको दावी छ । जसका कारण रोजगारी, राजश्व, वितरण प्रणाली एकैपटक अवरुद्ध हुँदै उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्य बढ्नसक्ने जाजुको बुझाई छ । पत्रकार सम्मेलनमा उद्योगी जाजुले बैंकहरुले राष्ट्र बैंकबाट पैसा नलिनुको कारण तरलता बढाएर ब्याजदरमा बार्गेनिङ्ग गर्ने मनसाय राखेको आरोप लगाउनुभयो । त्यसका लागि अर्थमन्त्रालय र राष्ट्र बैंकले समयमै सचेततापूर्वक नियमन र नियन्त्रण गर्नुपर्नेमा उद्योगी जाजुको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय