jQuery(document).ready(function($){ //
});

।।भोजराज घिमिरे ।।

विराटनगर / विराटनगरमा ‘प्रथम जिल्ला स्तरीय मकरजंग तुम्रोक स्मृती ब्याडमिन्टन’ प्रतियोगिता सम्पन्न भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विराट ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताको सनिबर फाइनल खेलहरु सम्पन्न भएको थियो ।
मेन्स डबलतर्फ विराटका उत्तम सिमखडा र भोजबहादुर गुरुङको जोडी प्रथम, पथरीका नवीन राई र होम गुरुङको जोडी दोस्रो, राजधानी क्लबका अजय चौधरी र शशी चौधरी तथा बेलबारीका सरोज खवास र लाक्पा शेर्पाको जोडी तेस्रो स्थान भए का थिये।
प्रतियोगिताको भेट्रान्स डबल ४५ वर्षमाथिको खेलमा आयोजक विराट क्लबका मिलन नेम्वाङ र उत्तम सिमखडाको जोडी प्रथम, विराटनगरको राजधानी युवा क्लबका जीवन बोगटी र धनकुमार श्रेष्ठको जोडी दोस्रो, सलकपुर ब्याडमिन्टन क्लबका विष्णु आचार्य र अर्जुन कार्की तथा लक्ष्मीमार्गका विकास श्रेष्ठ र अर्जुन सुब्बाको जोडी तेस्रो स्थान भए ।
क्लबकै आफ्नो कभर्ड हलमा हिजो र आज दुई दिने प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आयोजक विराट ब्याडमिन्टन क्लबसहित जिल्ला ९ वटा क्लबको सहभागिता रहेको छ । जसमा बेलबारी ब्याडमिन्टन क्लब, उर्लाबारी ब्याडमिन्टन क्लब, सशस्त्र प्रहरी बल टंकीसिनवारी, डिडिसी क्लब, विराटनगरको राजधानी युवा क्लब, विराटनगर ब्याडमिन्टन क्लब, अवेश स्पोर्टस सेन्टर र नेपाल राष्ट्र बैंकले भाग लिएका छन् । प्रतियोगितामा मेन्स डबल र भेट्रान्स ४५ वर्षमाथिको इभेन्ट्समा ६४ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, क्लबका अध्यक्ष समशेर राईलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको मेन्स डबलका विजेताले नगद २५ हजार, उपविजेताले नगद १५ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ तथा भेट्रान्स ४५ वर्षमाथिको विजेताले नगद २० हजार, उपविजेताले नगद १२ हजार र तेस्रो स्थान हुनेले नगद ४ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गरे ।सो प्रतियोगिता को प्रायोजक अर्जुन तुम्रोक, योजित प्रधान , इ. रिन्जे गुरुङ , दुर्गा प्रसद तुर्मोक , कुशल लिम्बु , भुपेन्द्र राई राम बाहादुर श्रेष्ठ र मिलन नेम्वाङ ले गरेका थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय