।।किशोर निरौला ।।
मधुमल्ला÷ मोरङ जिल्लाको मिक्लाजुङ वडा नं. ९ मधुमल्लामा रहेका मनकामना अधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार मिक्लाजुङ वडा नं. ९ को उक्त बिध्यालय का विद्याथीहरुलाई नेपाली कांग्रेस मिक्लाजुङका सभापती बबी कुमार राईको पहलमा सो सहयोग उपलब्ध गराउनु भएको हो ।
यो चिसो मौषममा अत्यन्त न्यून आय स्तरका अभिभावक मा बच्चा हरु पढ्ने उक्त बिध्यालय का बिध्यार्थी हरुलाई न्यानो पन दिलाउन न्योनो कपडा वितरण कार्यक्रम गरिएको नेपाली काङ्रेस मिक्लाजुङ का सहसचिव बिमल सम्शेर कुवर ले बताउनु भयो । न्यानो कपाडा लगाउँन पाउँदा अधिकांश बालबालीको अनुहारमा मुस्कान छाएको र यो परोपकार को कार्य गर्न पाउँदा गौरवान्वित बनेको नेपाली कांग्रेस मिक्लाजुङ वडा न ९ का सभापती गजेन्द्र पोख्रेलले ब ताउनु भयो । त्य्स्तै बिध्यलाय का अवस्स्था र बिध्यार्थिको अवस्था देखेर सहयोग गर्नु भएको मा नेपाली काङ्रेस मिक्लाजुङ का सभापती बबि कुमार राई र सिङ्गो गाउँ कमिटि लाई बिध्यालय ब्यवस्थापन समिती का अध्यक्ष बालकृष्ण श्रेष्ठ ले धन्यबाद ज्ञापन गर्नु भयो
न्यानो कपडा वितरण कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र न १ क का उपसभापती प्रकाश निरौला लगायत को समेत उपस्थिती रहेको थियो !






