jQuery(document).ready(function($){ //
});

१७ पुस- आज नवाैं राष्ट्रिय पाेशाक दिवस मनाइएकाे छ ।

राष्ट्रिय धराेहर संरक्षण प्रतिष्ठान नेपालकाे आयाेजनामा नेपाल पर्यटन बाेर्डमा एक कार्यक्रमकाे आयाेजना गरी राष्ट्रिय पाेशाक दिवस मनाइएकाे हाे । राष्ट्रियताकाे पहिचानका लागि एउटै पाेशाक हुनुपर्छ भन्ने उदेश्यका साथ २०६९ सालदेखि राष्ट्रिय पाेशाक दिवस मनाउन थालिएकाे हाे ।

RAWA Hills Town Property

RAWA Hills Town Property
May be an image of one or more people, people sitting and people standing

राष्ट्रिय धराेहर संरक्षण प्रतिष्ठान नेपालका सचिव श्याम बजगाईंले ०६९ सालमा काभ्रेबाट कार्यक्रमकाे सुरुवता गरिएकाे बताए । “सरकारले २०६८ सालदेखि राष्ट्रिय पाेशाक हटेकाे थियाे । अहिले राष्ट्र राष्ट्रिय पाेशाक विहीन छ । नेपालकाे राष्ट्रिय पाेशाक चाहिन्छ भन्ने मागसहित पाेशाक दिवस मनाउन थालिएकाे हाे”, उनले भने । पुस १७ गते विदेशी नयाँ वर्ष मनाउने गरेकाले हामीले हाम्राे आफ्नै पहिचान छ भन्ने बुझाउनका लागि पनि यहि मितिमा राष्ट्रिय पाेशाक दिवस मनाउन थालेकाे उनकाे भनाइ छ ।

शताब्दी पुरुष सत्यमाेहन जाेशीले नेपाली पहिचानका लागि राष्ट्रिय पाेशाक आवश्यक रहेकाे जनाए । जातिय पाेशाकलाई अपमान नगरिएकाे बताउँदै उनले भने, “नेपाली पहिचानका लागि राष्ट्रिय पाेशाक आवश्यक छ।”

राष्ट्रिय धराेहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले ६३ जिल्ला सञ्जाल फैलिएकाे जानकारी दिए । उनले विदेशमा बसिरहेका नेपालीहरुले पनि राष्ट्रिय पाेशाक दिवस उत्तिकै महत्वका साथ मनाइरहेकाे बताए ।

सांस्कृतिक तथा पर्यटनमन्त्री प्रेम बहादुर आलेले राष्ट्रिय पाेशाककाे महत्व बुझाउँदै आवश्यक रहेकाे औंल्याए । उनले राष्ट्रिय पाेशाकलाई आधिकारिकता दिनका लागि सहयाेग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा शिक्षाविद् विद्यानाथ काेइरालाले राष्ट्रिय पाेशाककाे अवधारणा पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा शताब्दी पुरुष सत्यमाेहन जाेशीलाई राष्ट्रिय धराेहर २०७८ द्वारा सम्मान गरिएकाे थियाे । उनलाई ११ हजार १०० नगदसहित सम्मान गरिएकाे हाे । यसैगरी, कार्यक्रममा पाेशाक दिवसमा महत्त्वपूर्ण याेगदान पुर्‍याउने व्यक्तिहरुलाई समेत सम्मान पत्र र कदरपत्र प्रदान गरिएकाे छ ।

May be an image of 16 people and people standing

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय