jQuery(document).ready(function($){ //
});

झापामा एक महिला बलात्कार हुनबाट बच्न सफल भएकी छन्। झापाको शिवसताक्षी नगरपालिका–९ दुधेकी मजदुर महिला बलात्कारीको हातमा परेर पनि फुत्केकी छन् ।

शुक्रबार साँझ ती महिला घर बनाउने काम गरेर फर्किंदै थिइन्। कालो कपडाले मुख छोपेर साइकलमा आएका अपरिचित पुरुषले समाते र लडाए अनि बलात्कार गर्ने प्रयास गरे। 

RAWA Hills Town Property

RAWA Hills Town Property

तर आफू उनको औंला टोकेर फुत्कन सफल भएको पीडित बताउछिन् । औंला टोकिदिएपछि आफ्नो मुखबाट उसको हात छुटेको र हारगुहार गरेर चिच्याएछि ती अज्ञात व्यक्ति साइकलै छाडेर फरार भएका थिए ।

पीडित महिलाको दुई वर्षअघि बिहे भएको र उनको एक सन्तान पनि छ तर हाल उनी माइत बस्दै आएकी छन् ।

पीडितका बुबाले छोरीलाई आक्रमण भएको घटनाबारे झिलझिलेस्थित इलाका प्रहरी कार्यालयमा जानकारी समेत गराएका छन्। प्रहरीले ती व्यक्तिको खोजी गरिने आश्वासन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय